अर्थ-वाणिज्य

भौतिक पूर्वाधार मन्त्रालय : एक महिनामा २३ काम, वित्तीय प्रगति ६ अर्ब



काठमाडौँ १ भदौ । भौतिक पूर्वाधार मन्त्रालयको एक महिनाको वित्तीय प्रगति ६ अर्ब १८ करोड रुपैयाँ भएको छ । विभागीय मन्त्री देवेन्द्र दाहालले आइतबार आफ्नो कार्यकालको एक महिने प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् ।आर्थिक वर्ष २०८१–०८२ मा विनियोजन भएको बजेटमध्ये श्रावण मसान्तसम्म सो रकम खर्च भई ४।११ प्रतिशत वित्तीय प्रगति हासिल भएको उनले जानकारी दिए ।
यस्तै आफ्नो एक महिने कार्यकालमा राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेस भएको, राष्ट्रिय राजमार्ग अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको, सडक बोर्डलाइ पूर्णता दिइएको उनले जानकारी दिए ।
दाहालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भए गरेका कामकारबाहीको विवरणसहित २३ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।

प्रकाशित : २ भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६