ब्रेकिंग न्युज

रास्वपाका सह -महामन्त्री आचार्यसँग समितिको बयान : रबिलाइ छिट्टै बोलाउने



बुटवल २ भदौ ।सहकारी संस्था बचत ठगि सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सह–महामन्त्री विपिन आचार्यसँग बयान लिएको छ ।पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएका आचार्यसँग आज समितिले सिंहदरबारस्थित कार्यालयमा बयान लिएको हो ।

सूर्यदर्शनबाट गोर्खा मिडियामा आचार्यको नामबाट पैसा गएको देखिइएको थियो । सो विषयमा उनीसँग समितिले बयान लिएको हो । उनी तत्कालीन समयमा गोर्खा मिडियाको क्रिएटिभ डाइरेक्टरको रुपमा कार्यरत थिए । साथै उनी नोबडी प्रडक्सन प्रालिका संचालक समेत हुन्।

प्रकाशित : ३ भाद्र २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६