अर्थ-वाणिज्य

दुर्गा प्रसाईंको मेडिकल कलेज विरुद्ध गोविन्द केसी पुगे सर्वोच्च अदालत



काठमाडौं २ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध डा। गोविन्द केसीले सर्वोच्च अदालत पुगेका छन् ।बीएण्डसीले पाएको सम्बन्धन त्रुटिपूर्ण रहेको दाबी गर्दै केसी आइतबार आफैँ सर्वोच्च अदालत पुगेर निवेदन दर्ता गराएका हुन् ।केसीले यसअघि बीएण्डसीको पक्षमा भएको बदर हुनुपर्ने माग गरेका छन्, जसमा उनले ८ वटा कारण देखाएका छन् ।यसअघि अदालतले ०८० चैत १२ गते सर्वोच्चले प्रसाईंको मेडिकल कलेजलाई प्रक्रिया पूरा गरी सम्बन्धन दिनु भनि आदेश दिएको थियो । न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रसाईंको मागअनुसार रिट जारी हुने निर्णय सुनाएको थियो ।त्यसविरुद्ध केसी पुनस् अदालत पुगेका हुन् ।

प्रकाशित : ३ भाद्र २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६