ब्रेकिंग न्युज

बेलबासमा भएको सडक दुर्घटनामा २७ वर्षीया सुश्मा श्रेष्ठको मृत्यु



बुटवल, ०४ भदौ । बुटवलको बेलबासमा सडक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट पश्चिम तर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनामा हुँद्या एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देविनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।

श्रेष्ठ मुर्गिया बाट लु ८७ प ४५७३ नं. को स्कुटरमा बुटवल तर्फ आउँदै थिईन । बुटवल १२ शान्ती चोकमा आउँदा उनलाई नं. नखुलेको मोटरसाईकलले ठक्कर दिएको थियो । त्यसपछि उनको स्कुटर बदेलपोखरीबाट मुख्य राजमार्ग तर्फ आउँदै गरेको लु १ च ६७८३ नं. को बलेरो जीप सँग ठोकिएको थियो ।

बलेरो मुनि परेकी उनलाई उपचारका लागि अस्पतालमा लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाले स्कुटरलाई ठक्कर दिने मोटरसाईकलको खोजी भइरहेको बताए ।

प्रकाशित : ४ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६