अर्थ-वाणिज्य

कपिलवस्तु सहितका जिल्लामा यस बर्ष कै अधिकबर्षा

जीतपुरका अधिकांश व्यवसाय डुबानमा




कपिलवस्तु ४ भदौ ।कपिलवस्तु सहित चितवन, नवलपरासी, पाल्पा, रुपन्देही, प्यूठान लगायतका जिल्लामा ठूलो वर्षा भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले कोइली वाणगंगा खोलाको तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा मंगलबार बेलुकासम्म सतर्कता अपनाउन भनिएको छ । यस्तै प्यूठानको हंसपुरलगायत आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा ठूलो पानी परेको छ । माडी नदीमा आकस्मिक बाढीको जोखिम छ । यस्तै पाल्पाको कुमालगाउँ, अर्चले, जल्पा र आसपासका क्षेत्रमा पनि निरन्तर पानी परेको छ । कालीगण्डकी नदी र अन्य साना खोला तटीय क्षेत्रमा बेलुका सम्मै सतर्कता अपनाउन बाढी सूचना महाशाखाले अनुरोध गरेको छ । मगंलबार वाणगंगा, तिनाउ र कालीगण्डकी नदीमा बहाव थप बढ्न सक्ने जोखिम छ । यसले नदी तथा खोलाको तटीय क्षेत्रमा जोखिम बढाएको छ ।

त्यस्तै चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाको आसपासका क्षेत्र भएर बग्ने नदी तथा खोलामा बहाव बढ्न सक्ने र कतै कतै आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । देशका धेरैजसो ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु सक्रिय भएकाले अझै दुई दिन देशैभर झरी पर्ने सम्भावना कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो ।
माथिकै समाचार अन्तर्गत
जीतपुरका अधिकांश व्यवसाय डुबानमा

कपिलवस्तुको चारनम्बरमा रहेको लुम्बिनी कृषि कम्पनीको कार्यालयमा डुबान हुँदा अन्दाजी २५ लाखको क्षति भएको छ । अविरल वर्षाका कारण उक्त क्षेत्रमा डुबान हुदा विभिन्न सामाग्री सहित महत्वपूर्ण कागजपत्र नष्ट भएको प्रालिका सञ्चालक कैलास चौधरीले बताउनुभयो । बाणगङ्गाका अधिकांश स्थानहरु अहिले डुबानमा परेका छन । अव्यवस्थित बसोवास र अव्यवस्थित विकास निर्माणका कारण चारनम्बर क्षेत्रमा डुबान भएको छ । लुम्बिनी कृषि कम्पनी सहित यस क्षेत्रमा भएको डुबानका कारण लाखौंको क्षति भएको व्यवसायीहरुले बताएका छन ।

प्रकाशित : ४ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६