अर्थ-वाणिज्य

लुम्बिनी : मुख्यमन्त्री आचार्य पाए २ तिहाईको समर्थन




दाङ ४ भदौ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिए । उनलाई नेकपा एमाले का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी जसपा २, जनता समाजवादी पार्टी नेपालका १, र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का ३ जनमत पार्टी ३ एक जना स्वतन्त्र सांसदले मत दिए । त्यस्तै, उनको विश्वासको मतको विपक्षमा ११ मत प¥यो ।

नेकपा माओवादी केन्द्रका ९, राष्टिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजबादी १ ले विपक्षमा मत हाले । आचार्य एमाले र कांग्रेसको समर्थनमा गएको साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा नयाँ गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ मत आवश्यक पर्छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगंलबार प्रदेश सभामा विश्वासको मत लिनु भएको हो । यता विश्वासको मत दिन रुकुम पूर्वका कांग्रेसका फरार सांसद धनबहादुर केसी उर्फ डिबीले समेत मत दिनु भएको छ । उहा प्रदेशसभा बैठकमा विश्वासको मत दिएर गृह जिल्ला रूकुम पूर्व फर्किनु भएको छ ।

प्रकाशित : ४ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६