ब्रेकिंग न्युज

संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोको छापा



काठमाडौं, ५ भदौ । काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ ।

बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।

नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ ।

संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको ब्यूरोका प्रमुख एसएसपी ओम रानाले जानकारी दिए ।

प्रकाशित : ५ भाद्र २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६