अर्थ-वाणिज्य

मेयरले आफ्नै घरमा डोजर चलाएर थाले बाटो बिस्तार अभियान



दाङ ६ भदौ । दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घरमा डोजर चलाएर थाले बाटो बिस्तार अभियान थालेका छन् । स्थानीयले विभिन्न ठाउँमा गरेको अतिक्रमणका कारण लामो समयदेखि लमही–कोइलाबास हुलाकी सडकखण्ड क्षेत्रको सडक विस्तार हुन सकेको थिएन ।

बुधबारबाट लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो। सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५र१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो। साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो।

हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुब्जा बुझिसकेकाहरूले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन। सडक कालोपत्रे मात्रै गरिएको थियो। झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो।

मेयर चौधरीसहित डोजर लिएर प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयहरू पुगेका थिए ।

हुलाकी सडक बिस्तार हुँदा सडकको दायाँबायाँ १५र१५ मिटर क्षेत्र सडक क्षेत्रमा पर्नेगरी मुआब्जा वितरण गरिएको थियो। नगर प्रमुख चौधरीले सडक क्षेत्रमा पर्ने आफ्नो घर भत्काएर अभियान थालेका हुन्।

‘यो पुरानो घर हो। धेरै कार्यालय बसे। मान्छेहरूको बस्ने ठाउँ भयो। अहिले सडक क्षेत्र फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा पर्न गयो, सडक चौडा बनाउने, बजार राम्रो बनाउने अभियानको लागि मैले पहिलो डोजर आफ्नै घरमा लगाएँ’ उनले भने ।लमही बजार क्षेत्रमा सडक क्षेत्र साँघुरो छ। जसले गर्दा बजार राम्रोसँग बिस्तार हुन सकेको थिएन। अब बजारको सुन्दरता र यहाँको विकासको लागि काम गरिने प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बताए।

घरमा भत्किएपछि धुलो उड्ने, हिलो हुने जस्ता समस्या हुन्छन् कि भन्ने चिन्ता छ। हामी त्यस्तो हुन दिँदैनौं। सडक खाली हुँदै जान्छ अनि नाला बनाउने, सडक कालोपत्रे गर्ने काम पनि सँगसँगै हुन्छ,’ उनले भने, ‘यो सडक खाली गराउने अभियानमा सबै नगरवासीसँग अपिल गर्दछु।’

सडक डिभिजन कार्यालय, दाङका प्रमुख गुरुप्रसाद अधिकारीले राष्ट्रिय राजमार्गको रूपमा लमही–कोइलावास सडकको नामाकरण सहिदमार्गको रूपमा भएको भन्दै यसको संरक्षण, सम्वर्द्धन र व्यवस्थापन गर्ने काम सडक डिभिजन कार्यालयको भएको बताए ।

सडक क्षेत्र खाली गराउने अभियान चल्यो’, उनले भने, ‘नगरवासी सबैको साथ सहयोगको खाँचो छ’ सडक डिभिजन कार्यालयले संरचना हटेपछि सडक पूर्वाधार निर्माणको लागि काम गर्ने जनाएको छ । यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो। ३६ करोडभन्दा बढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको छ। तर लमही नगरपालिका–४ सेम्रहवाका नागरिकहरूले सडकमा परेको जग्गाको मुआब्जा सडक बनिसक्दा पनि पाएका छैनन् ।’

लमही–कोइलावास हुलाकी सडक औपचारिकरूपमा नेपाल सरकारलाई विसं २०७७ साल चैत १८ गते हस्तान्तरण गरिएको थियो । ७६ करोडको लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३।४६ किलोमिटर सडक निर्माण गरिएको हो ।

प्रकाशित : ६ भाद्र २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६