प्रदेश

व्यवसायीको वन्दले रोल्पा सदरमुकाम ठप्प



रोल्पा, ६ भदौ। स्थानीय व्यवसायीहरुको वन्दका कारण रोल्पा सदरमुकाम लिवाङ ठप्प भएको छ । विहिवार विहानै देखी पसल, होटल, चिया पसल, उद्योग, डेरी उद्योग , तकारी, औषधी पसल सवै वन्द भएका छन । व्यवसाय वन्द गरेर उनीहरु रोल्पा नगरपालिकाले लिदै आएको करको विरोधमा उत्रिएका हुन । उनीहरुले रोल्पा नगरपालिकाले निर्धारण गरेको व्यववसायी कर अवैज्ञानिक, अव्यवहारिक र गैर कानूनी भएको आरोप लगाएका छन । संघीय सरकार र प्रदेश सरकारले ९५ प्रतिशत सम्म कर छुट गराएर व्यवसायीहरुलाई करको सहुलियत दिएपनि रोल्पा नगरपालिकाको स्थानीय सरकारले ६ सय प्रतिशत सम्म कर वढाएको उनीहरुका आरोप छ ।

पछिल्लो पटक निर्धारण गरिएको व्यवसायी कर अवैज्ञानिक, अव्यवहारिक र गैरकानूनी भएकाले आफुहरु विरोधमा उत्रिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्यको भनाई छ । स्थानीय सरकार व्यवसायीको पनि अभिभावक हुनुपर्नेमा सौतेनी व्यवहार गरेको अध्यक्ष आचार्यको आरोप छ । रोल्पा उद्योग वाणिज्य संघले यस विषयमा चरणवद्ध कार्यक्रम समेत गरिरहेको छ । उसले गत असार १८ गते रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीसंग छलफल गरेको थियो ।

पहिलो छलफलमा सकारात्मक छलफल भई दोश्रो छलफल असार २५ गते गर्ने सहमती भएपनि सो मितिमा आफुहरुलाई नगरपालिकाले छलफलका लागि खवर नगरेको रोल्पा उद्योग वाणिज्य संघले वताएको छ । साउन ७ गते रोल्पा उद्योग वाणिज्य संघको वैठकले जनविरोधी करको विरुद्ध थप दवाव दिने निर्णय गरेको थियो । सोही अनुसार संघर्ष तथा परामर्श समिति गठन गरि दवावमुलक कार्यक्रम समेत तय गरेको थियो । उसले गत साउन २२ गते रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरलाई भेटी पुनः ध्यानाकर्षण गराएको थियो । यसैगरी जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र वुझाउने देखी जिल्ला स्थीत राजनैतिक दल र संचारकर्मीहरुसंग समेत यस विषयमा परामर्श गरेको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्यको भनाई छ ।

रोल्पा नरपालिकाले लिदै आएको करको विवाद समाधान नभएसम्म व्यवसायीहरुले कर नतिर्ने घोषणा गरेका छन् । जिल्ला सदरमुकाम लिवाङमा वसेको उद्योगी व्यवसायीहरुको वृहत भेलाले विवाद समाधान नभएसम्मका लागी कर नतिर्ने घोषणा गरेको हो । उनीहरुले नगरपालिकाको कार्यालयलाई कुनै सामान चिटका आधारमा विक्री नगर्ने र उपलब्ध नगराउने निर्णय समेत गरेका छन ।

रोल्पा नगरपालिकाबाट लिइएको अव्यवहारिक, असामान्य, असान्दर्भिक, आपत्तिजनक र अवैज्ञानिक स्थानीय व्यवसायिक करको विरुद्धमा संघर्ष र परामर्श समिति समेत गठन गरिएको छ । सो समितिले साउन २८ गते जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र समेत वुझाएको छ । ४ वुदे ज्ञापन पत्रमा रोल्पा नगरपालिकाले लिदै आएको कर प्रणालीको विरोध गरिएको छ । साना व्यवसायीहरुको ढाड सेक्ने गरि अवैज्ञानिक र गैरकानूनी तवरले लिईदै आएको कर अविलम्व सच्याउन आग्रह गरिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशव आचार्यले जानकारी दिए । पहिलो चरणमा परामर्श छलफल, माग पत्र पेश जस्ता कार्यक्रम गर्यौ । त्यसलाई सुनुवाई नभएपछि दोश्रो चरणमा शान्तिपूर्ण रुपमा अनिश्चित कालिन व्यवसाय वन्द गरेर विरोधमा उत्रिएका छौ अध्यक्ष आचार्यले भने । हाम्रो आग्रहको सुनुवाई नभए थप कडा संघर्षका कार्यक्रम अघि वढाउछौ अध्यक्ष आचार्यले भने ।

दश स्थानीय तह रहेको रोल्पामा तीन स्थानीयले व्यवसायी कर लिइरहेका छन । व्यवसायी कर लिने स्थानीय तहहरुमा सुनिलस्मृती गाउँपालिका, माडी गाउँपालिका र रोल्पा नगरपालिका रहेका छन । जिल्लाका अन्य वाँकी ७ स्थानीय तहहरुले भने अहिले सम्म व्यवसायी कर लिएका छैनन । कर लिएका तीन मध्ये सुनिलस्मृती गाउँपालिका र माडी गाउँपालिकाले स्थानीय व्यवसायी संग परामर्श गरी कर लिएको रोल्पा उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

प्रकाशित : ६ भाद्र २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६