प्रदेश

सांसद पन्थीले लेखे प्रधानमन्त्री र स्वास्थ मन्त्रीलाई खुल्ला पत्र




कपिलवस्तु, ०७ भदौ ।
लुम्बिनी प्रदेशसभाका सांसद बिष्णु पन्थीले कर्मचारीहरुले अनावश्यक रूपमा दुस्ख दिएको भन्दै प्रधानमन्त्री केपी सर्मा ओलि र स्वास्थ मन्त्री प्रदिप पौडेलका नाममा पत्र लेख्नुभएको छ।सांसद पन्थीले प्रदेशबाट हुने कामलाइ काठमाडौं लगेर अड्काउने काम भएको र किड्नी पीडितको पक्षमा आफुहरुले गर्न लागेको कामलाइ बाधा पुराउने काम भएको बताउनुभयको छ।

यस्तो छ लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थीले लेखेको खुल्ला पत्र

सम्माननिय प्रधानमन्त्री ज्यु लाई जानकारी र माननीय स्वास्थ मन्त्री प्रदीप पौडेल ज्यु ,स्वास्थ सचिब रोशन पोख्रेल सहित जम्बो सचिब (५जना) टीम र निर्देशक संगिता कौसल मिश्रका नाममा खुला पत्रः हाम्रो सुशासन खै कता छ ? संघियता खै कता छ ? यो स्वास्थ मन्त्रालयले के काम गर्छ ? स्वास्थ सेवा ? बिभाग हो कि दुख हो अनि यहाँ के काम हुन्छ ? एउटा नमूना फाइल (कपिलवस्तु डायलासिस सेन्टर) ले हामी कुन दुनियाँमा छौ ? किन हामी दुनियाँमा झन झन पछि पर्दै छौ ? हाम्रो ब्युरो क्रेसीको कामको नमूना आदि धेरै कुरा प्रष्ट पार्छ। लेखक लाई कथा छ पत्रकारलाई रोजक समाचार छ, वकिल लाई मुद्दा र बहस छ। अख्तियार र सतर्कता केन्द्रलाई कामको मेलो छ। प्रदेश स्वास्थ मन्त्रालय बाटै हुनुपर्ने कामलाई काठमाडौ तानेर अनावश्यक देशको ढुकुटीबाट भत्ता खाएर १७ महिना देखि २१ पटक अध्यक्ष एजाज आलम र म पालै पालो धाउदा समेत फाइलको टुङ्गो अझै नलागेर घुम्दै छ कति घुमाउन सकेको हो ? अब हामी कपिलवस्तुका किड्नी पिडितको तर्फबाट सर्बोच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छौ। आशा छ यो मुद्दाले नेपालमा फाइल अडकने घुम्ने काम र संघीयतामा सुधार हुनेछ किड्नी पीडित ले न्याय पाउनेछन्।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६