चितवन, ०७ भदौ । मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ । शुक्रवार दिउँसो भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको हो ।
बसमा सवार २५ जना यात्रु घाइते छन्। घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरका विभिन्न अस्पताल ल्याइएको छ।
दुर्घटनामा परेको बसमा समेत क्षति पुगेको छ। बस दुर्घटनापछि केहिबेर सडक अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारमा खटिएको छ।
प्रतिक्रिया