प्रदेश

नेपाल तृतीय भएका सयपत्री क्याम्पसका आशिष सम्मानित 



हरि घिमिरे, ०८ भदौ ।
नेपालको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि प्राप्त गर्दै कपिलवस्तु जिल्लाको सयपत्री क्याम्पसका छात्र आशिष बेल्बासे सम्मानित भएका छन् । २०८० सालको वि.वि.एस.दोस्रो वर्षको परीक्षामा नेपाल तृतीय भएका छात्र बेल्बासे सहित उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको हो । बेल्बासे सहित करिब १ दर्जन विद्यार्थीलाई क्याम्पसले एक समारोहका बिच सम्मान गरेको हो । बेल्बासेलाई क्याम्पसले नगद रु २० हजार सम्मानपत्रका साथ सम्मान गरेको थियो । बेल्बासेले मेहनत पछिको प्रतिफल निकै महत्वपूर्ण हुने बताए । उनले विद्यार्थी साथीहरूसंगसँगै मेहनत गरेर नेपाल चिनाउन तर्फ लाग्ने बताए ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले कपिलवस्तुको सयपत्री क्याम्पसको नतिजाले आफूलाई प्रफुल्ल मुद्रामा रहेको बताए । उनले खुशीले आशु थाम्न नसकेको बताए । उनले विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन अझै मेहनत गर्नुपर्ने बताए । उनले पढाईको सर्टिफिकेट उत्कृष्ट भएर मात्र नहुने भन्दै समाजमा गरिने काम कृयाकलापले कस्तो शिक्षा हासिल गरियो भनेर मल्याङ्कन हुने बताए । समाजलाई सही ढङ्गबाट डो¥याउने वातावरण बनाउन आवश्यक रहेको बताए । फरक प्रसङ्गमा कपिलवस्तु जिल्ला सामाजिक क्षेत्रमा पछाडि परेको बताए । उनले जिल्ला सुधार गर्न एउटा युवा जमात त्यसतर्फ लाग्नु पर्ने बताए । जिल्लालाई सामूहिक प्रयत्न गरेर पछाडि परेका क्षेत्रलाई सुधार गर्न तर्फ लाग्नु पर्ने बताए ।

कार्यक्रममा क्याम्पसका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजू तथा प्रमुख बासुदेव घिमिरेले नेपाल प्रथम हुनेगरि विद्यार्थी र शिक्षक सबैले थप मेहनत गर्नुपर्ने बताए । उनीहरूले सयपत्री क्याम्पस तथा होराइजन आवशिय माविको इतिहासले जिल्ला चिनाउन सफल भएको बताए । कार्यक्रममा शिक्षक तथा अन्य विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । मायादेवी रिर्सोट भएको कार्यक्रममा संस्थाका सेयर सदस्य, विद्यार्थी, शिक्षक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : ८ भाद्र २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६