प्रदेश

एमाले वाणगंगामा नेतृत्वको लागि चुनाव: अध्यक्ष र उपाध्यक्ष पदमा प्रतिस्पर्धा



कपिलवस्तु, ०८ भदौ । सहमति टरेपछि, नेकपा (एमाले) वाणगंगामा ३ वर्षे कार्यकालको लागि चुनाव मार्फत नेतृत्व चयन हुने भएको छ। रातभर नेताहरूले सहमति गर्न प्रयास गरेपनि उम्मेदवारहरूले आफ्नो अडान नछाडेपछि चुनावको प्रक्रिया अघि बढाइएको हो। चुनावको प्रकृया सुरु भइसकेको छ, र मनोनयन तथा उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित गरिएको छ।

आज बिहान १० बजेदेखि मतदान हुनेछ। एमाले नेता विष्णु गिरीका अनुसार उपसचिव र महिला उपसचिव निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवमा चेतनारायण भण्डारी निर्विरोध चयन भएका छन् भने महिला उपसचिवको रुपमा लक्ष्मी चौधरी पनि निर्विरोध चयन भएकी छन्।

अब, अध्यक्ष, उपाध्यक्ष र उपसचिव पदको लागि चुनाव हुने छ। अध्यक्ष पदमा मदन शाही र सोमनाथ अर्यालबीच प्रतिस्पर्धा हुनेछ। उपाध्यक्ष पदको लागि भीम बहादुर थापा (वडा नम्बर ४), ध्रुव बेलबासे (वडा नम्बर ९) र बाबुराम अर्याल (वडा नम्बर ५) बीच प्रतिस्पर्धा हुनेछ। उपसचिव पदमा भने जगत राज रेग्मी, खगेन्द्र घिमिरे र हरि शकर पौडेलबीच प्रतिस्पर्धा हुनेछ।

दिउसोसम्म मतदान सकेर, आजै नतिजा निकाल्ने तयारी भइरहेको गिरीले जानकारी दिए। अहिले बुथ निर्माण लगायतका तयारी कार्यहरू भइरहेको छ।

प्रकाशित : ८ भाद्र २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६