प्रदेश

स्व. तिवारीको निधनले पिडा बोधः मन्त्री अधिकारी

सुकदेवको संझनामा श्रद्धाञ्जली सभा



कपिलवस्तु, ८ भाद्र ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला कमिटी सदस्य, फुलिकाबासीका धरोहर, पूर्व जनप्रतिनिधी एवम् सामाजिक ब्यक्तित्व सुकदेव तिवारीको संझनामा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुले श्रद्धाञ्जली सभा सम्पन्न गरेको जनाएको छ । श्रद्धाञ्जली सभामा भूमि, ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री एवम् एमाले केन्द्रिय कमिटी सदस्य बलराम अधिकारी ले एक होर हार, कुशल पार्टी कार्यकर्ता गुमाउदा पार्टी र सिंगो समुदाई क्षती पुगेको बताउदै तिवारी परिवारको साथमा सधै पार्टी रहने धारणा राख्नु भयो । मन्त्री अधिकारीले तिवारीको निधनबाट आफुहरुलाई निकै पिडा बोध भएको र पिडालाई शक्तिमा बदल्नुको आफुहरुसंग विकल्प नरहेको धारणा राख्नु भयो ।


श्रद्धाञ्जली सभामा एमाले केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेल, एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य दान बहादुर चौधरी, एमाले पूर्व जिल्ला अध्यक्ष डम्मर शर्मा, प्रदेश सभा सदस्य मधुशरण कुर्मी, एमाले जिल्ला कमिटी सदस्य एवम् मायादेवी गाउँपालिका पूर्ज अध्यक्ष वजरंगी प्रसाद कुर्मीले शोक मन्तब्य राख्नु भएको थियो । शोक सभामा पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक, आफन्त, स्थानियबासीको उपस्थिती रहेको एमाले कपिलवस्तुले जनाएको छ ।


श्रद्धाञ्जली सभा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता र एमाले जिल्ला कमिटी सदस्य रामनयन यादवको संचालनमा सभा सम्पन्न भएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।
मायादेवी गा.पा. वडा नं. ३ फुलिका चौधहवा निवासी ७३ वर्षिय सुकदेव तिवारीका २ छोरा र १ छोरी रहेका छन् । तिवारी २०७४ सालको स्थानिय निर्वाचनमा मायादेवी वडा नं. ३ बाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । स्व. तिवारी लामो समय शिक्षण पेशमा समरपित हुनुहुन्थ्र्यो । सामाजिक, शैक्षिक एवम् राजनैतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउनु भएका तिवारीको निधनले सिंगो समुदाय नै आफ्नो एउटा असल अभिभावक गुमाएकोमा निकै दुखी बनेका छन् ।

प्रकाशित : ८ भाद्र २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६