कृषि

खुतखुते वनले सुरु ग¥र्यो दुनाटपरी उद्योग सञ्चालन, उपभोक्ताहरु आत्मनिर्भर बन्दै



पशुपति गिरी,कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं.९ मा स्थित खुतखुते सामुदायिक वनले एक घर एक उद्यम तथा उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउन दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको छ।परम्परागत नेपाली दुनाटपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। दुनाटपरी जङ्गलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चापदार्थको अभाव हुँदैन। महिलाहरुलाई आयआर्जनका लागि दुनाटपरी उद्योग उपयुक्त छ।

उद्योगको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा डिभिजन वन कार्यलय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले वनजङ्गलमा खेर जाने सालको पातबाट दुनाटपरी बनाएर बजारमा बेच्न सुरु गरेपछि यसले विपन्न वर्गका उपभोक्ताको सामान्य घर खर्चको जोहो मात्र नभई पर्यावरणीयरुपमा समेत फाइदा पुग्ने बताउनु भएको छ ।

उहाँले डिभिजन वन कार्यलय कपिलवस्तु र खुतखुते सामुदायिक वनको सहकार्यमा उक्त मेशिन सञ्चालन गरिएको बताउदै यो हेर्दा सामान्य लागे पनि दुनाटपरी उद्योगबाट फुर्सदको समय सदुपयोग गरेर दैनिक घरव्यवहार चलाउन पैसा कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण रहेको बताउनु भयो ।सामुदायिक वनले वैकल्पिक आम्दानीको स्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना टपरीको उद्योग सञ्चालन गरेकोमा सुवेदीले सामुदायिक वनलाई धन्यवाद समेत व्यक्त गर्नुभएको हो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी तथा वैज्ञानिक वन व्यवस्थापन समिती लुम्बिनी प्रदेश अध्यक्ष तथा खोजीपुर सामुदायिक वनका अध्यक्ष दिपक थापाले दुनाटपरीको कच्चापदार्थ सबै प्राकृतिक भएकाले प्रयोगपछि फोहर व्यवस्थापन सहज हुने र आफ्नै वनपाखामा झरेर खेरजाने पात टिपेर बनाइने भएकाले कच्चापदार्थको समस्या नहुने बताउनुभयो। उहाले भन्नु भयो, गाउँघरका महिलाका लागि सजिलो रोजगारी हुन्छ,हिन्दु संस्कारमा दुनाटपरी धेरै प्रयोग हुने भएकाले माग पनि कम नहुने थापाको विश्वास छ। वातावरणीय दृष्टिले कुरा बुझाउन सक्दा प्रयोग झन् बढ्छ। आफ्नो पुँजीअनुसार मानिसले सस्तो वस्तु खोज्नु स्वाभाविक भए पनि सालको पातको दुनाटपरी प्रकृति, स्वास्थ्य र संस्कृतिसँग जोडिएकाले माग धेरै छ ।

उक्त सामुदायिक वनका अध्यक्ष भिम बहादुर पुनले अव सामुदायिक वनले उपसमिति गठन गरेर दुनाटपरी उत्पादनको काम अगाडि बढाउने बताउनु भयो। अध्यक्ष पुनले भन्नुभयो , सामुदायिक वनमा स्थापित दुनाटपरी उद्योगले सुरुआती चरणमा माग आएका आधारमा उत्पादन गर्ने छ। एक दिन जङ्गल गएर टिपेको पातले तीन चार दिन लाफा बनाउन सकिन्छ। वनका उपभोक्ता सदस्यले बनाएर ल्याएको लाफा आवश्यता अनुसार सिन्काले पात गाँसेर फेरो नउठाइएको चरण उपसमितिले टपरी बिक्री गर्ने जानकारी दिनुभयो।

उहाँका अनुसार एक महिलाले अहिलेको अवस्थामा पाँचदेखि सात सय रुपैयाँसम्मको लाफा उपसमितिलाई बेच्न सक्ने छन्। सामुदायिक वनले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएपछि उपभोक्ता महिला खुसी भएका छन्। दुनाटपरीको लाफा बेचेर सामान्य खर्च चलाउन सहज हुने उपभोक्ताहरु बताउछन्।

प्रकाशित : ९ भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६