प्रेसपाटी टिभी

अधिकारीको निधनबाट स्तब्ध : प्रदेश सासद पंथी



कपिलवस्तु, भाद्र ९ गते । नेकपा (एमाले)केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथीले पार्टी र समुदायमा केशवराज अधिकारीको निधनबाट आफुलाई स्तब्य बनाएको धारणा राख्नु भयो । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री पंथीले अधिकारी परिवारले समुदाय र पार्टीमा पु¥याएको योगदानको प्रंशसा गर्नु भयो । मझौवा निवासी ४९ वर्षे अधिकारीको संझनामा नेकपा (एमाले) बाणगंगा नगर कमिटीको आयोजनामा शोक सभा आइतवार सम्पन्न भएको हो । नेकपा (एमाले) बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न शोक सभामा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले शोक मन्तब्य राख्नु भएको थियो । पार्टी, नेता, कार्यकता, शुभेच्छुकहरुको उपस्थिती रहेको शोक सभा एमाले वडा नं. १० का वडा कमिटी अध्यक्ष शिवचरण थारुको संचालनमा सम्पन्न भएको एमाले वडा नं. ११ का वडा कमिटी अध्यक्ष चेतनारायण ढकालले जानकारी दिनु भयो । स्व. केशवराज अधिकारीका २ छोरी र १ छोरा रहेका छन् । स्व.अधिकारी नेकपा –एमाले) बाणगंगा नगर कमिटी निवर्तमान सदस्य टुमुकला अधिकारीका श्रीमान् हुुनुहुन्छ ।

प्रकाशित : ९ भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६