देश

पदाधिकारी चयन गर्न नसकेपछि नेकपा एसमा आज निर्वाचन



कपिलवस्तु ११ भदौ ।महाधिवेशन सकिएको करिब दुई महिनापछि नेकपा एकीकृत समाजवादीले आज ९मंगलबार० पदाधिकारी छान्न चुनाव गर्दैछ । आइतबारबाट काठमाडौंमा सुरू भएको पार्टीको प्रथम पूर्ण बैठक बैठकले पदाधिकारी छान्न लागेको हो ।

त्यसका लागि आज ९मंगलबार० चुनाव हुँदैछ । सोमबार निकालिएको निर्वाचन तालिकाअनुसार आज बिहान ७ बजेबाट मनोनयन पत्र वितरण हुनेछ । बिहान साढे सात बजेबाट उम्मेदवारी दर्ता सुरू गर्ने कार्यसूची छ । साढे आठ बजेसम्म उम्मेदवारी दर्ता, त्यसपछि प्रारम्भिक सूची सार्वजनिक, त्यसपछि दाबी विरोध र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

गत असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल निर्वाचित गरेको छ । २१ पदाधिकारी रहने व्यवस्था भएकामा अब १८ पदका लागि चुनाव गर्नुपर्नेछ । वरिष्ठसहित सात उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिवका लागि निर्वाचन हुन लागेको हो ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६