खेलकुद

एन्फा महासचिवको तलब दुई हजार डलर



काठमाडौं, १२ भदौ। अखिल नेपाल फुटबल संघ ९एन्फा० को कार्यसमिति बैठकले महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ ।

खेलाडीको तलब १८ हजारबाट बढाएर ३० हजार गरेको एन्फाले महासचिवको तलब भने एक लाख २० हजारबाट बढाएर करिब २ लाख ७० हजार पुर्याएपछि आलोचना भएको हो ।

अध्यक्ष पंकज नेम्वाङले पेश गरेको प्रस्ताव नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महासचिवको तलब दुई हजार अमेरिकी डलर पुर्‍याउने उल्लेख गरेका थिए । बैठकम असन्तुष्टि भएपनि यो प्रस्ताव बहुमतले पारित गरेको छ ।

बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६