खेलकुद

पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिगमा गुजरातबाट खेल्ने



काठमाण्डौ, १३ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।

आज भएको अक्शनमा पारसलाई गुजरात टिमले अनुबन्ध गरेको हो । उनलाई गुजरातले १२ लाख ५० हजार भारुको बेस प्राइसमै अनुबन्ध गरेको हो । तेस्रो संस्करणको लिजेन्ड्स लिग आउँदो सेप्टेम्बर २० देखि शुरू हुनेछ । यसअघि पारस पहिलो संस्करणमा एसियन लायन्समा आबद्ध भएका थिए ।

लिजेन्ड्स लिगमा ६ वटा टोलीले सहभागिता जनाउँदै छन् । लिगमा सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरूले खेल्ने गर्छन् ।

प्रकाशित : १३ भाद्र २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६