जीवनशैली

रहेनन उद्यमी ईश्वरी गिरी



कपिलवस्तु, भाद्र १६ गते । नेकपा (एमाले) कार्यकर्ता एवम् समाज सेवी ईश्वरी गिरीको हिन्दु परम्परा अनुसार लक्ष्मणघाटमा अन्तिम दाह संस्कार गरिएको छ । ५४ वर्षे ईश्वरी गिरीको बुटवलमा शुक्रबार मोटरसाईकल दुर्घटनामा परी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा शनिवार निधन भएको थियो । स्व.ईश्वरी गिरीलाई नेकपा (एमाले) का लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको एमाले बाणगंगाले जनाएको छ । प्यूठानको नौ बदिनी गाउँपालिकाको वडा नं. २ मा बुवा वेगम गिरी र आमा हस्ता देवी गिरीको १० भाई छोरा र २ दिदी वहीनी मध्येका छैठौं सन्तान हुन स्व. ईश्वरी गिरी । गिरीको २०२७ साल कात्तिक १७ गते जन्मनु भएको हो । गिरीको श्रद्धाञ्जलीका निम्ति पार्टी नेता, कार्यकर्ता, स्थानियबासी, आफन्तजनको उपस्थिती रहेको एमाले वडा नं.७ का वडा कमिटी सचिव हरिशंकर पौडेलले जानकारी दिनु भयो । स्व.ईश्वरी गिरीका दुई छोरी र १ छोरा रहेका छन् । स्व.ईश्वरी गिरी विगत केही वर्ष देखि गारमेन्ट उद्योग सञ्चालन गर्दै आउनु भएको थियो ।

प्रकाशित : १६ भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६