अर्थ-वाणिज्य

कांग्रेस बैठक : शर्माको एक्जीट पोलीसी फेल ,गगनको चुनाब अघि गठबंधन नगर्ने प्रस्ताव पास



काठमाडौँ १६ भदौ । नेपाली कांग्रेसको साउन २३ गतेदेखि जारी केन्द्रीय समिति बैठक आज ९आइतबार० सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गरेको छ । विवादमा रहेका एक्जीट पोलीसी र निर्वाचन अघि गठबन्धनको विषयमा पनि बैठकले निर्णय गरेको छ ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ दुई पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको पोलीसी अर्थात् एक्जीट पोलीसीलाई अहिले यथावत् राख्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारी अनुसार यो विषयमा संविधान संशोधनको समयमा निर्णय हुनेछ ।एक्जीट पोलिसीबारे अहिले नै निर्णय गरेर जानुपर्ने अवस्था केन्द्रीय समितिले देखेन । यसबारे विधान र संविधान संशोधनका बेला बहस हुनेछ‚’ उनले भने।
यस्तै बैठकले अर्का महामन्त्री गगन थापाले ल्याएको प्रि इलेक्सन अलाइन्सको बारेमा पनि निर्णय गरेको छ । पार्टीले कांग्रेसलाई रूखमै भोट हाल्ने वातावरण बनाउने निर्णय गरेको छ । पार्टीले विगतमा विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसँग निर्वाचन पूर्वगठबन्धन गरेर निर्वाचन लडे तापनि पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै सो निर्णय गरेको जनाएको छ ।
‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ुरुखु मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ‚’ निर्णयमा लेखिएको छ ।

प्रकाशित : १६ भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६