ब्रेकिंग न्युज

कम्युनिष्ट आन्दोलनमा श्रेष्ठको योगदान स्मरणयोग्य : नेता न्यौपाने



कपिलवस्तु, भाद्र १७ गते । नेकपा (एमाले)केन्द्रिय कमिटी सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले स्व. बाल कुमारी श्रेष्ठको योगदान कम्युनिष्ट पार्टी निर्माणमा स्मरण योग्य रहेको बताउनु भयो । लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति न्यौपानेले स्व. बाल कुमारी श्रेष्ठ जस्ता आमाहरुको योगदानका कारण समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुगेको चर्चा गर्नु भयो ।स्व.बाल कुमारी श्रेष्ठको संझनामा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुद्धारा आयोजित जिल्ला स्तरीय श्रद्धाञ्जली सभामा शोक मन्तब्य राख्दै यस्तो धारणा राख्नु भएको हो ।

शोक मन्तब्य राख्दै नेकपा (एमाले)का केन्द्रिय सल्लाहकार परिषद सदस्य इन्द्रमणी पौडेलले एक असल, अभिभावक गुमाउदा आफुलाई निकै पिडा महशुस भएको धारणा राख्दै स्व. बाल कुमारी श्रेष्ठको निधन निकै ओझीलो भएको बताउनु भयो ।
श्रद्धाञ्जली सभामा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले स्व. बाल कुमारी श्रेष्ठको योगदानका कारण उहाँका श्रीमान भानु प्रकाश श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्न सकेको बताउनु भयो ।श्रद्धाञ्जली सभामा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले शोक मन्तब्य राख्दै एउटा कम्युनिष्ट पार्टीको परिवार र सादकी जीवनको उदाहरण स्व.बाल कुमारी श्रेष्ठको परिवारबाट सहजै सिक्न सकिने धारणा राख्नु भयो ।

श्रद्धाञ्जली सभा नेकपा (एमाले) जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता,एमाले जिल्ला सचिवालय सदस्य लक्ष्मण बेल्बासेको संचालनमा सम्पन्न भएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।नेकपा (एमाले) बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले स्व. बाल कुमारी श्रेष्ठको जीवनी बाचन गर्नु भएको थियो ।

२०१७ सालमा भानु प्रकाश श्रेष्ठसंग वैवाहिक सम्बन्धमा गासिनु भएकी बाल कुमारी श्रेष्ठले कम्युनिष्ट नेताहरु जीवराज आश्रित, झलनाथ खनाल, मोखनाथ पश्रीत, सिपि मैनाली, गोपाल शाक्य, प्रदिप नेपाल लगायतका नेताहरुलाई सेल्टर ब्यवस्थापनको कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।


श्रद्धाञ्जली सभामा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेल, एमाले लुम्बिनी प्रदेश कमिटी एवम् बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यहरु धर्मराज भुसाल, विमला चौधरी, द्रोणराज सुवेदी एमाले नेता टेकराज पौडेल, पिताम्बर खनाल, यूवराज पोख्रेल लगायतका नेता, कार्यकता अन्य राजनैतिक दलका नेता, कार्यकर्ता , स्थानियबासी एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको थियो । बाल कुमारी श्रेष्ठ नेकपा (एमाले) का केन्द्रिय सल्लाहकार परिषद सदस्य एवम् एमाले नेता भानु प्रकाश श्रेष्ठकी धर्मपत्नी हो । मिति २००३\०३\२१ गते जन्मनु भएकी बाल कुमारी श्रेष्ठका र्दुई छोरा रहेका छन् । श्रेष्ठको यही भाद्र ७ गते आफ्नै निवास बाणगंगा न.पा.–११ देउवापार, कपिलवस्तुमा निधन भएको थियो ।

प्रकाशित : १७ भाद्र २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६