ब्रेकिंग न्युज

घरमै नगरिकता पाएका प्रकाश तामाङले भेटे प्रधानमन्त्री




कपिलवस्तु १८ भदौ ।तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा बिताएका प्रकाश तामाङ (काले मोक्तान)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनले ओलीलाई भेटेका हुन्।

‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो,’ प्रधामन्त्री ओलीले सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्रि१’प्रधानमन्त्री ओलीले प्रकाशलाई भेट्न काठमाडौँ बोलाएपछि उनी भोजपुरबाट काठमाडौँ आएका हुन्।

‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि उनी चर्चामा आएका थिए। प्रकाशको कथाव्यथा सार्वजनिक भएपछि ओलीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिएका थिए।

प्रकाशले गएको आइतबार भोजपुरस्थित आफ्नै घरमा नागरिकता पाएका छन्। प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ ९साम्पाङ० मा अवस्थित घरमै नागरिकता प्रदान गरिएको हो। प्रकाश गएको शनिबार गोरखाबाट भोजपुर पुगेका थिए। सानैमा हराएर गोरखा पुगेका प्रकाश झण्डै ३० वर्षपछि घर फर्किएका हुन्।प्रकाश तामाङलाई घरमै नागरिकता, भेट गर्न आउन प्रधानमन्त्रीको निम्तो दिएका थिय ।

प्रकाशित : १८ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६