अर्थ-वाणिज्य

यी हुन पोलिटब्युरो बैठकमा ओलीले भनेका पाँच कुरा




कपिलवस्तु १८ भदौ ।मूलतः सदस्यता विस्तार, संगठन सुदृढीकरण अभियानसँग जोडिएको यो पोलिटब्युरो बैठक मिसन २०८४ को प्रारूप भएको एमालेले बताएको छ। त्यसका लागि पोलिटब्युरो बैठकमा निर्णायक राष्ट्रिय शक्ति निर्माणुका लागि वार्षिक कार्ययोजना अघि सारिएको छ।बैठक सुरू गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको एक महिने कामको समीक्षासमेत सुनाए।

गत असार ३० गते आफू प्रधानमन्त्री नियुक्त भएयता अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको भन्दै उनले नेपाली कांग्रेससँगको सत्ता सहकार्य बन्नुको कारण पनि बताएका थिए।प्रचण्डले धोका दिन लागेपछि कांग्रेससँग सहकार्यको हात बढाएका हौु
गत असार १७ गते कांग्रेससँग सात बुँदे सहमति भएपछि यो पहिलो पोलिटब्युरो बैठक हो। त्यसैले पछिल्लो सत्ता समीकरणबारे पनि अध्यक्ष ओलीले बैठकमा कांग्रेससँगको सहमतिबारे चर्चा गरेका हुन्।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक धोका दिए पनि यसपटक हाम्रो त्यस्तो नियत थिएन। उनलाई निर्बाध काम गर्न छाडिएकै हो। अर्थतन्त्र लगायतका कुरामा सकारात्मक संकेत थिएनन्। सरकारको गतिशीलता देखिएको पनि थिएन। तर उनी धोका दिने नियतका साथ प्रस्तुत हुन थाले। हामीसँग गठबन्धनमा हुँदाहुँदै कांग्रेससँग सत्ता सहकार्यको हात बढाउन थालेपछि नयाँ समीकरण बनाउनुपर्‍यो,’ ओलीले भने।
कांग्रेससँगको सत्ता सहकार्य निकै सहज र सन्तुलितरूपमा अघि बढेको प्रधानमन्त्रीसमेत रहेका ओलीको भनाइ छ। उनले यो समीकरण २०८४ सम्मै जाने पनि दृढता व्यक्त गरेको एक नेताले जानकारी दिए।

‘कांग्रेस गठबन्धनप्रति संवेदनशील छ, हामी २०८४ सम्मै सहकार्य गर्ने गरी अगाडि बढेका छौं। हाम्रो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेका छन्। गत वर्षको तुलनामा यही साउन महिनामा राजस्व संकलन २० प्रतिशत बढेको छ। अब हाम्रो ध्यान निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घटाउनेतिर केन्द्रित हुन्छ,’ उनले भने, ‘कांग्रेस–एमालेको सरकारले मात्रै राजनीतिक स्थायीत्व र स्थिरता दिनसक्ने भएकाले निजी क्षेत्रले पनि विश्वास गरेको अवस्था छ। बाह्य लगानी पनि बढ्छ। सेयर बजारमा देखिएको सुधारले पनि सकारात्मक संकेत गरेको छ।’

‘सन्तुलित छिमेक नीतिमा प्रतिबद्ध छौं’

अघिल्लो सचिवालय बैठकपछि कांग्रेस(एमाले समीकरणको सरकारलाई भारत र अमेरिकाले रूचाइरहेको छैन भन्ने सन्देश पार्टीकै नेताहरूले प्रवाह गरेको भन्दै ओलीले असन्तुष्टि जनाएका थिए।

‘सचिवालय बैठकपछि यो सरकारलाई भारत र अमेरिकाले रुचाएको छैन भनेर पार्टी अध्यक्षले भन्नुभयो भन्नेजस्तो सन्देश प्रवाह भयो, पार्टीभित्रैबाट। वास्तवमा सचिवालयको बैठकमा मैले त्यस्तो भनेको थिइनँ, कसरी त्यस्तो सन्देश प्रवाह हुन गयो। यसमा हामी सचेत हुनुपर्छ,’ ओलीले भने, ‘हामी दुवै छिमेकी देश ९चीन, भारत० सँग सन्तुलित नीतिप्रति प्रतिबद्ध छौं। अमेरिकालगायत देशसँग पनि हाम्रो उत्तिकै राम्रो सम्बन्ध छ। यो सरकारलाई सबैको समर्थन छ, सबैको विश्वास लिएर अगाडि बढ्छ।’

एक्लै चुनाव लड्ने कांग्रेस निर्णयको स्वागत

अध्यक्ष ओलीले कांग्रेस महामन्त्री गगन थापाले महासमितिमा पेस गरेको सांगठनिक प्रस्तावमा उल्लेख रहेको आगामी आवधिक निर्वाचनहरू गठबन्धन नगरी एक्लाएक्लै निर्वाचन लड्नेसम्बन्धी निर्णयको स्वागत गरेका छन्।

महामन्त्री थापाले गत फागुनमा महासमितिमा पेस गरेको उक्त प्रस्ताव गत आइतबारको कांग्रेस केन्द्रीय समितिबाट अनुमोदन भएसँगै कांग्रेसले आगामी निर्वाचनहरूमा गठबन्धन नगर्ने नीति लिएको छ। यो नीतिमा सत्तारूढ दल एमाले अध्यक्षले स्वागत गरेका हुन्।

एमाले पनि एक्लाएक्लै चुनाव लड्ने र गठबन्धन नगर्ने नीतिको पक्षमा रहेको भन्दै ओलीले चुनावअगाडि गठबन्धन गर्न नहुनेमा जोड दिए।

‘एक्लै चुनाव लड्ने कांग्रेसले जुन निर्णय गरेको छ, यो निकै स्वागतयोग्य कुरो हो। वास्तवमा हामी पनि चुनावअगाडिको गठबन्धनको पक्षमा छैनौं,’ उनले भने, ‘एमाले एक्लै चुनाव लड्ने गरी तयार गर्नुपर्छ।’

एमाले पनि एक्लै लड्छ

अध्यक्ष ओलीले आउँदो संघ, प्रादेशिक र स्थानीय तह निर्वाचन एक्लै लड्ने गरी तयारी गर्न पोलिटब्युरो सदस्यलाई निर्देशन दिएका छन्।एमालेले गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेको थियो। पोलिटब्युरो बैठकमा आउँदो निर्वाचन एक्लै लड्ने ओलीको दृढता थियो।

‘चुनावपछि अहिलेजसरी सहकार्य हुनसक्छ। तर चुनावअगाडि नै गठबन्धन गर्ने कुरा सैद्धान्तिकरूपले नै ठीक होइन। हामी कसैसँग गठबन्धन गर्दैनौं,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने।

‘अराजकता र अनुशासनहीनता फैलाउन सक्छन्’

गत भदौ १० गते टुँडिखेलमा आयोजित गौरा पर्व कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी भएको थियो। त्यस घटनामा तीन जनालाई पक्राउ गरिएको थियो। पक्राउको विरोध हुन थालेपछि उनीहरूलाई जनही ९ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको थियो।

यस्तै प्रकारका अरू अराजक र अनुशासनहीन गतिविधि अन्य ठाउँमा पनि हुन सक्ने ओलीले संकेत गरे। यसको प्रतिवादका लागि तयार रहन पनि उनले निर्देशन दिए।

अध्यक्ष ओलीले प्रचण्डलाई लक्षित गर्दै सत्ताबाट हट्नुपरेको पीडा विभिन्न रूपमा प्रकट गर्न थालेको बताएका थिए।

के छ निर्णायक राष्ट्रिय शक्ति निर्माणको योजनामा?

एमालेले संगठित सदस्य १० लाख पुर्‍याउने, पार्टीका तहगत संरचनामा १० देखि ३३ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्ने र ३४ स्थानमा हुन लागेको स्थानीय तह उपचुनावमा सबै ठाउँमा जित हात पार्ने लक्ष्यसहितको वार्षिक कार्ययोजना प्रस्तुत गरेको छअघिल्लो वर्षको ‘मिसन ग्रासरूट’ अभियानपछि एमालेको संगठित सदस्य संख्या साढे पाँच लाख पुगेको थियो।

तर यो वर्षको साउन मसान्तसम्म ६० प्रतिशत हाराहारी मात्रै सदस्यता नवीकरण भएको र नयाँ सदस्य थपिने क्रम पनि घटेको एमालेका जिल्ला कमिटीहरूले रिपोर्ट बुझाएका छन्।यसपछि एमालेले सदस्यता विस्तारलाई अभियानकै रूपमा अगाडि बढाउने र मिसन २०८४ को महत्त्वपूर्ण कडी बनाउने लक्ष्य लिएको छ।

एमाले पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन गरेको छ। सम्भव भएसम्म आफ्नै भूगोल र क्षेत्रमा जिम्मेवारी दिएको छ। थपिएका केन्द्रीय सदस्यहरूलाई पनि सोहीअनुसार जिम्मेवारी दिइनेछ।

अब बाँकी रहेका जिल्ला ९११ वटा०, पालिका, वडा तहका कमिटीहरू, जनसंगठनका अधिवेशनहरू सम्पन्न गर्ने र ती कमिटीलाई यथोचित परिचालन गरेर पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने कार्ययोजनामा उल्लेख छ ।प्रस्तावित कार्ययोजनामाथि बुधबार बिहान ११ बजे बस्ने बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्नेछन्। प्रत्येक पोलिटब्युरो सदस्यलाई बोल्नका लागि तीन मिनेटको समय छुट्टयाइएको छ।

पोलिटब्युरो सदस्यहरूको धारणाका आधारमा कार्ययोजना पारित गरी लागू गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।एमालेमा ९० सदस्यीय पोलिटब्युरो छ।यसअघि प्रदेश अध्यक्षलाई पनि पदेन पोलिटब्युरो सदस्यको हैसियत दिने निर्णय भएकामा यसपटकदेखि त्यो व्यवस्था हटाइयो। आजको बैठकमा प्रदेश अध्यक्षहरूलाई बोलाइएको थिएन।

प्रकाशित : १८ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६