ब्रेकिंग न्युज

सीजी मोटोकर्पको नयाँ अफरः ३५ वटा सोरूममा विभिन्न मोडेलका कारहरूसँग छुट र विशेष योजनाहरू




कपिलवस्तु, १९ भदौ ।
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी होल्डिङ्जको अटोमोटिभ डिभिजन, सीजी मोटोकर्पले यस दशैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ। यस योजनामा ग्राहकहरूले निम्नलिखित लाभ प्राप्त गर्न सक्नेछन्ः

नगद छुटः ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्।
सवारी बीमाः १ वर्षको फ्री सवारी बीमा उपलब्ध हुनेछ।
लोयल्टी बोनसः २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस प्राप्त गर्न सकिन्छ।
एक्सचेन्ज बोनसः १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनसको सुविधा।
एक्सेसरिजः सिट कभर सहित अन्य सुजुकी जेनुइन एक्सेसरिजहरु निःशुल्क प्राप्त गर्न सकिनेछ।
साथै, नाडा अटो शो लक्षित गरि, शोको अवधिमा कार किन्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप २ लाख रुपैयाँसम्मको छुट प्रदान गरिनेछ। यसमा केहि शर्तहरू लागू हुने कम्पनीले जनाएको छ।

विशेष प्रस्तावः नयाँ स्विफ्टको शुन्य रनिङ्ग खर्च अफर
नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथो संस्करणको नयाँ स्विफ्टसँग निम्नलिखित विशेष योजनाहरू उपलब्ध छन्स्

शुन्य रनिङ्ग खर्चः स्विफ्टको खरिदमा नयाँ ग्राहकहरूले ५ वर्षसम्म पेट्रोल खर्च, मर्मतसम्भार, पी.यम.यस पार्ट्स र इन्जिन आयलमा कुनै खर्च गर्नुपर्ने छैन। कम्पनीको मापदण्ड अनुसार ११ वटा नियमित सर्भिसहरू निःशुल्क हुनेछ।
फ्री अटो विमा र एक्सेसरिजस् १ वर्षको विमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिज निःशुल्क प्राप्त गर्न सकिनेछ।
थप वारेन्टी र एक्सचेन्ज बोनसः विक्रीपछि ५ वर्षको वारेन्टी र २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनसको ग्यारेन्टी।
उच्च रिसेल भ्यालुः स्विफ्टको उच्च रिसेल भ्यालु र थप एक्सचेन्ज बोनसले भविष्यमा बिक्री गर्दा फाइदा हुने कम्पनीको दाबी छ।
कम्पनीले भनेका छ, “विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसमा, हामी यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित छौं। हाम्रा ग्राहकहरूले शुन्य रनिङ्ग खर्चमा प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्नेछन्।”

यस्ता छन् नयाँ स्विफ्टको विशेषताहरूः
इन्जिनः नयाँ जेड–सिरिज १.२ लिटर इन्जिन।
सुरक्षा सुविधाहरूः ६ वटा एयरब्याग, ३ प्वाइन्ट सीटबेल्टहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम, ब्रेकफोर्स डिस्ट्रीब्युसन, ब्रेक असिस्ट।


इन्फोटेन्मेन्टः २२.८६ सेन्टिमिटर (९ इन्च) स्मार्टप्ले प्रों इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, ७ सी टाइप पोर्टहरू, क्रुज कन्ट्रोल, अटो हेडलाम्प्स।


माइलेजः २५.७५ कि.मि प्रति लिटर सम्मको माइलेज, अघिल्लो पुस्ताको स्विफ्टको तुलनामा १४ प्रतिशत वृद्धि।
यो योजना नेपालभरका ३५ वटा सुजुकी सोरूममा लागू हुनेछ र विभिन्न मोडेलका कारहरूमा फरक–फरक छुटहरू उपलब्ध हुनेछन्। साथै, नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभी जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र नयाँ ब्रेजा पनि डिस्प्लेमा राखिनेछ।यो योजना सिमित अवधिका लागि मात्र लागू हुनेछ।

प्रकाशित : १८ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६