फोटोफिचर

लुम्बिनी लर्निङ सेन्टरले मनायो ‘बृहत तीज गीत’ प्रतियोगिता



कपिलवस्तु । ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेसन प्रा.ली. द्वारा बृहत् रूपमा तीज गीत प्रतियोगिता र सन्देशमुलक भिडियो को नतिजा प्रकाशन साथै दर खाने कार्यक्रम समापन गरिएको छ ।उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बाणगङ्गा नगरपालिकाकी उप(प्रमुख रिता कुमारी चौधरीले नेपाली मौलिक संस्कृतिलाई संरक्षण गर्दै पुस्ता हस्तान्तरण गर्न आवश्यक रहेको बताउदै हराउँदै गइरहेको धर्म संस्कृति र परम्परालाई जगेर्ना गर्न शिक्षा अनिवार्य रहेको बताउनुभएको हो । उहाँले ब्राइट लुम्बिनीले आयोजना गरेको यस्तो कार्यक्रम बाट लुकेको क्षमतालाई प्रस्फुटन गर्न समेत महत्वपूर्ण सहयोग मिल्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा बाणगङ्गा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जि।सी ले चाडपर्वको मौलिकपन नमासिने गरि सभ्य रुपमा मनाउनुपर्ने बताउनुभएको छ । उहाँले प्रतियोगितालाई निशपक्ष बनाउन पनि आग्रह गर्नुभयो ।उक्त कार्यक्रममा बोल्दै संस्थाका प्रवन्ध निर्देशक असिम कडेल क्षेत्रीले संस्थालाई पुर्ण रुपमा विद्यार्थीको आवश्यकता र चाहाना बमोजिम अगाडि बढाइरहेको बताउनुभयो । संस्थाले उच्च शिक्षा र रोजगारको लागि मात्र नभएर विद्यार्थीका प्रतिभाहरुलाई समेत प्रस्फुटन गर्न यस्ता कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

तीजको मौलिकपन र संस्थाको विशेषतालाई समेटेर प्रस्तुत गरिएको प्रतियोगिताको उपाधी हिमचुली समुहले जित्न सफल भएको छ । ६ वटा टोली सहभागि रहेको प्रतियोगितामा प्रथम स्थान हासिल गरे सङ्गै उक्त समुहले ५ हजार नगद र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै दोस्रो बन्न सफल भएको गौरिशङ्कर समुहले ३५ सय नगद र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी लालिगुरास समुह र सगरमाथा समुह तृतिय हुन सफल भएका छन । उनीहरुले २५।२५ सय नगद सङ्गै प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन ।

त्यस्तै कार्यक्रममा संस्थाको सन्देशमुलक भिडियो प्रतियोगिताको नतिजा समेत प्रकाशन गरिएको थियो । २० जना प्रतियोगि मध्ये पुजा घिमिरे प्रथम हुन सफल हुनुभएको छ । उहाँले नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएको छ । त्यस्तै दोस्रो स्थान हासिल गरेको मनोज घिमिरे र सुमन पौडेलको समुहले ७ हजार ५ सय नगद र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै सविता बेल्वासे तृतिय हुन सफल हुनुभएको छ । उहाँले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सान्तवना हुनुभएकी गिता भुषालले २५ सय नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।कार्यक्रमको समापनमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । मङ्गलबार ठाकुरापुरको पिस हिमालयन रिसोर्टमा भएको कार्यक्रममा सेन्टरका संचालक असिम कडेल क्षेत्रीको अध्यक्षता तथा सञ्चारकर्मी हरि अधिकारीको संचालनमा सम्पन्न भएको हो।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६