प्रदेश

सिद्धार्थ क्याम्पसमा तीज गीत तथा नृत्य प्रतियोगिता



कपिलवस्तु, २० भदौ ।
कपिलवस्तुको बागागंगा–१ बुङ्ची स्थित सिद्धार्थ क्याम्पसमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु नारीहरु महान पर्व हरितालिका तीजको अवसरमा क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । क्याम्पसको सभाहलमा भएको उक्त प्रतियोगितामा क्याम्पसमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु समूहले छुट्टाछुट्टै प्रतिस्पर्धात्मक प्रस्तुती दिएका थिए ।


प्रतियोगितामा कक्षा १२ को शिल्पा अर्यालको समूहले प्रथम हाँसिल गरेको थियो भने वि।एड। प्रथम वर्षको ममता अधिकारीको समूह द्वितीय भएको थियो । त्यस्तै प्रतियोगितामा कक्षा १२ कै अर्या पाण्डेको समूहले तृतीय स्थान प्राप्त गर्दा कक्षा ११ को इच्छा खनालको समूहले सान्त्वना स्थान हाँसिल गर्न सफल भएको थियो ।

प्रतियोगितामा प्राध्यापकहरु राजकुमार अर्याल, रोमकान्त घिमिरे र अनिमा जिसीले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यार्थी समूहलाई क्रमशः ६ हजार, ४ हजार ५ सय, ३ हजार ५ सय र १ हजार ५ सय नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सोही कार्यक्रमका बीच सन्देशमूलक भिडियो प्रतियोगिताको समेत नतिजा सार्वजनिक एवं पुरस्कार वितरण गरिएको छ । स्नातक तहको भर्ना अभियानको सन्दर्भमा क्याम्पसको सामाजिक सम्बन्ध तथा सूचना एकाइ र अतिरिक्त क्रियाकलाप समितिले संयुक्त रुपमा आयोजना गरी गत भदौ १५ गते सम्पन्न भएकोे उक्त भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै विजेतालाई पुरस्कार वितरण गरिएको हो ।

उक्त भिडियो प्रतियोगितामा अमृता खनाल प्रथम, मनिसा बिसीको समूह द्वितीय, सुशील विश्वकर्मा तृतीय र सिल्पा अर्यालको समूहले सान्त्वना स्थान हाँसिल गरेको थियो । उक्त भिडियो प्रतियोगिताको मूल्याङ्कनकर्ताको रुपमा सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद खनाल, प्राध्यापकहरु राजकुमार अर्याल, कुलराज भुसाल, रमेश पौडेल र सन्तोष घिमिरेले भूमिका निर्वाह गर्नुभएको थियो ।


भिडियो प्रतियोगितामा समेत प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यार्थी समूहले क्रमशः ६ हजार, ४ हजार ५ सय, ३ हजार ५ सय र १ हजार ५ सय नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष डम्मर शर्मा, उपाध्यक्ष, रबिबहादुर काफ्ले, निमित्त क्याम्पस प्रमुख कमल पोख्रेल, पूर्व क्याम्पस प्रमुख बालारम ज्ञवाली, स्ववियु अध्यक्ष निलकमल थारु लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । अतिरिक्त क्रियाकलाप समितिका संयोजक रमेश पौडेलको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्याम्पसका उपप्राध्यापक एवं सामाजिक सम्बन्ध तथा सूचना एकाइ संयोजक कुलराज भुसालले गर्नुभएको थियो ।

प्रकाशित : २० भाद्र २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६