ब्रेकिंग न्युज

मौलिक साँस्कृतिक प्रवर्धनमा जोड गरौं : जिल्ला अध्यक्ष खनाल



कपिलवस्तु, भाद्र २१ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला बाबुराम खनालले विशेष गरी हिन्दु नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तीज पर्व २०८१ सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष बाबुराम खनालद्धारा जारी शुभकामना सन्देशमा हरितालिका तीज पर्व २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरु प्रति शुभकामना ब्यक्त गर्दै समाजमा देखा पर्ने सवै खाले विकृतीहरुको अन्त्य र सुसंस्कारयुक्त समाज निर्माणको हरितालिका तीज पर्वले हामि सबैमा सकारात्मक प्रेरणा प्रदान गर्ने शुभेच्क्षा प्रकट गर्दछौं भनिएको छ । हरि तालिका तीज पर्वमा विशेषगरी दिदी, वहिनीहरु माइतीघर जुटने, आफ्ना दुःख, वेदना, सुख साटने ,वर्त बस्ने, दर खाने जस्ता प्रचलन परापूर्व काल देखि चल्दै आएको छ ।
जारी सन्देशमा सबै जात, जाती, भाषा, भाषि, वर्ग समुदाय बीच भाइचारा एकता, सदभाव, कायम गर्दै समुद्ध नेपाल सुखी नेपालीको जनचाहना पुरा गर्न राजनैतिक दल, तीनै तहका सरकार , नागरिक समाजलाई थप जिम्मेवार बन्नका निम्ति अझ उत्साह थप्ने विश्वास ब्यक्त गर्दछु भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ । जारी शुभकामना सन्देशमा संस्कृतीको नाममा हुने सबै खाले विकृतीको अन्त्य गर्दै सुसंस्कारयुक्त मौलिह सस्कृतीको संरक्षण, प्रवर्धनमा जोड दिनुपर्ने जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : २१ भाद्र २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६