प्रदेश

सामाजिक, राजनैतिक क्षेत्रमा गिरीको महत्वपूर्ण योगदान : पूर्व मन्त्री पंथी

स्व. ईश्वरी गिरीको संझनामा श्रद्धाञ्जली सभा



कपिलवस्तु, भाद्र २२ । नेकपा (एमाले)केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले स्व.ईश्वरी गिरीकोको सामाजिक एवम् राजनैतिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्नु भयो । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवम् प्रदेश सभा सदस्य पंथीले स्व. स्व.ईश्वरी गिरी र गिरी परिवारले सामाजिक रुपान्तरणको क्षेत्रमा स्मरण योग्य योगदान पु¥याएको चर्चा गर्नु भयो । नेता पंथीले स्व.स्व.ईश्वरी गिरीको संझनामा नेकपा (एमाले) बाणगंगा वडा नं. ७ वडा कमिटीद्धारा बनगाईमा शनिवार आयोजित श्रद्धाञ्जली सभामा शोक मन्तब्य राख्दै यस्तो धारणा राख्नु भएको हो ।
शोक मन्तब्य राख्दै नेकपा (एमाले)का केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले एक असल, राजनैतिक एवम् सामाजिक ब्यतित्व गुमाउदा आफुलाई निकै पिडा महशुस भएको धारणा राख्दै स्व. स्व.ईश्वरी गिरीको निधनले पार्टीलाई मर्माहत तुल्याएको धारणा राख्नु भयो । श्रद्धाञ्जली सभामा एमाले जिल्ला सचिवालय सदस्य एवम् स्व. ईश्वरी गिरीका दाजु नेत्रज्योती गिरीले शोक मन्तब्य राख्दै प्यूठानको नौ बदिनी गाउँपालिकाको वडा नं. २ मा बुवा वेगम गिरी र आमा हस्ता देवी गिरीको १० भाई छोरा र २ दिदी वहीनी मध्येका छैठौं सन्तान हुन । ईश्वरी गिरीको २०२७ साल कात्तिक १७ गते जन्मनु भएको हो । स्व. गिरीको श्रद्धाञ्जलीका निम्ति पार्टी नेता, कार्यकर्ता, स्थानियबासी, आफन्तजनको उपस्थिती रहेको एमाले वडा नं.७ का वडा कमिटी सचिव हरिशंकर पौडेलले जानकारी दिनु भयो । स्व.ईश्वरी गिरीका दुई छोरी र १ छोरा रहेका छन् । स्व.ईश्वरी गिरी विगत केही वर्ष देखि गारमेन्ट उद्योग सञ्चालन गर्दै आउनु भएको थियो ।
श्रद्धाञ्जली सभामा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् पूर्व जिल्ला अध्यक्ष डम्मर शर्मा, लुम्बिनी प्रदेश कमिटी एवम् बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यहरु धर्मराज भुसाल, द्रोणराज सुवेदी, पूर्णकला सुनार, धन कुमारी अधिकारी, एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे, जिल्ला उपसचिव देवी बहादुर पोख्रेल, एमाले नेता, कार्यकर्ता स्थानियबासी एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको थियो । श्रद्धाञ्जली सभा वडा नं. ७ का वडा कमिटी अध्यक्ष प्रताव कुमार गिरीको अध्यक्षता वडा कमिटी सचिव हरिशंकर पौडेलको संचालनमा सम्पन्न भएको एमाले वडा नं. ७ वडा कमिटीले जनाएको छ ।
स्व. स्व.ईश्वरी गिरीका दुई छोरी र एक छोरा रहेका छन् । स्व. स्व.ईश्वरी गिरीको यही भाद्र १४ गते सवारी दूर्घटनामा परी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ५४ वर्षको उमेरमा भाद्र १५ गते निधन भएको थियो ।

प्रकाशित : २२ भाद्र २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६