खोज–अनुसन्धान

पूर्वमुख्यमन्त्रीको घरमा रकेट आक्रमणपछि पुनः हिंसा भड्कियो



एजेन्सी २३ भदौ ।भारतीय मणिपुर राज्यमा पूर्वमुख्यमन्त्रीको घरमा रकेट आक्रमण भएपछि फेरि हिंसा भड्किएको छ । मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा हिजो भएको रकेट आक्रमणमा एक जनाको ज्यान जानुको साथै छ जना घाइते भएका थिए । त्यसपछि आज भएको दुई छुट्टाछुट्टै गोलीकाण्डमा पाँच जनाको ज्यान गएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

संदिग्ध पहाडी लडाकुले घरमा सुतिरहेका एक वृद्धलाई गोली हानेर हत्या गरेका छन् । वृद्धको हत्यापछि जिरिवाममा कुकी र मैतेई समुदायबीच गोली हानाहान भएको थियो । जसमा चार जनाको ज्यान गएको छ । इम्फालमा रहेको मणिपुर राइफल्सको मुख्यालयमा पनि भीडले आक्रमण गरेको छ ।

जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच हिंसा शुरु भएको थियो । मेइतेई र कुकी समुदायबीच जमिन र सार्वजनिक रोजगारीका लागि भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानव अधिकारवादी समूहले लगाएका छन् ।

प्रकाशित : २३ भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६