खोज–अनुसन्धान

सहकारीको १५ करोड ठगीमा कांग्रेस उपसभापति धनराजको संलग्नता भेटियो



काठमाडौं२४ भदौ ।सहकारी ठगीमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ र उहाँकी पत्नी ज्योती गुरुङको समेत संलग्नता रहेको तथ्य खुलेको छ ।सहकारी छानविन बिशेष समितिले एक जना सहकारी सञ्चालकसँग बयान लिएपछि कांग्रेस उपसपभापति एवं पूर्वमन्त्री धनराज र उहाँकी पत्नी ज्योती गुरुङले ठगी गरेको उजुरी प्राप्त भएपछि यो बिषय बाहिर आएको हो ।ज्योतीबिरुद्ध ललितपुरको महालक्ष्मीमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरा ९सिआइबी० मा उजुरीसमेत दर्ता गरेको तथ्य फेला परेको छ । अध्यक्ष कुम्भराजले सिआइबीमा धनराज र पत्नी ज्योतीबिरुद्ध सिआइबीमा आर्थिक अपराध ठगीमा जाहेरी दिनुभएको हो ।जाहेरीमा धनराज र पत्नी ज्योतीले १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । सो रकम धनराज दम्पत्तिले ज्योतीकुमार भण्डारीलाई बैंकक पठाएको तथ्यसमेत बाहिर आएको छ । सहकारीका अध्यक्ष कम्भराजका अनुसार धनराज पत्नी ज्योतीले सो रकम ठगी गर्नुभएको हो ।

धनराज आफै साँक्षी बसेर रकम ठगीमा सघाएको उहाँको भनाई छ । सहकारीको रकम ठगी गरेपछि ज्योतीले आफूले चलाउँदै आएको मोबाइलसमेत बन्द गर्नुभएको छ । जनताटाइम्स डटकमले ज्योतीसँग बुझ्न उहाँको मोबाइल नम्बर ९८५१०७७३९४ मा पटक पटक सम्पर्क गर्दा ‘माफ गर्नुहोला, हाललाई यो नम्बर बन्द गरिएको छ’ भन्ने जवाफ पाइयो । यस्तै अर्को नम्बर ९८०३१६७१७० पनि सम्पर्क हुन नसक्ने बनाएर राखिएको पाइएको छ ।

प्रकाशित : २४ भाद्र २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६