अर्थ-वाणिज्य

बेपत्ता बनाएको आरोप लागेका मन्त्री बादशाह कुर्मीले दिए राजीनामा




बुटवल २५ भदौ । नियुक्तिदेखिनै विवादित लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित कुर्मीको विषयलाई लिएर आलोचना नरोकिएपछि राजीनामा दिएका हुन् ।
उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए । उनको राजीनामा स्वीकृत भएको छैन । मन्त्री भएपछि उनको बारेमा चौतर्फी विरोध भएको थियो । स्रोतका अनुसार कुर्मीलाई कांग्रेस पार्टी केन्द्रले मुद्दाको छिनोफानो नलाग्दासम्म मन्त्री पदबाट राजीनामा दिन सर्कुलर गरेको हो ।

कांग्रेस(माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र ३ ९२० बाट निर्वाचित भएका थिए । शाहलाई साउन ९ गते कांग्रेसबाट बिनाविभागीय मन्त्री बनाएको थियो । मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।कुर्मीविरुद्ध कर्तव्य जान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६