खोज–अनुसन्धान

प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा



बुटवल काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २७ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समूहलाई शुभकामना दिनुभएको छ ।

इ प्रा डा विष्णुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभएकोप्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

‘यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ । तपाईंहरुले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँला ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६