प्रदेश

लुम्बिनी प्रदेशका विवादित मन्त्री कुर्मीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा



कपिलवस्तु, २७ भदौ । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले बुधबार राजीनामा बुझाएका छन् । उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए ।

बाँके क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा ९ख० बाट विजयी कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए । उनी मन्त्रीमा नियुक्त भएदेखि नै मानव अधिकारकर्मीले विरोध जनाउँदै आएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका– १७, परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोप उनीमाथि लाग्दै आएको छ । महिला अधिकारकर्मी रुवि खान लगायतले सो हत्या प्रकरणमा कारबाहीको माग गर्दै राजधानी केन्द्रित विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित : २७ भाद्र २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६