अर्थ-वाणिज्य

रास्वपाका पूर्वमन्त्री ढाकाकुमार पक्राउ



पोखरा २७ भदौ । प्रनितिधि सभाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका छन् । दिया फार्मेसीको सञ्चालकसमेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पक्राउ गरेको हो ।
यसअघि लागुऔषधसहित पक्राउ परेका व्यक्ति वयानका क्रममा ढाकाकुमारको फार्मेसीबाट खरिद गरेको बताएपछि प्रहरीले ढाकाकुमारलाई पक्राउ गरेको हो ।

यसअघि साउन ३ गते प्रहरीले रोल्पा त्रिवेणी गाउँपालिका–७ घर भइ पोखरा बस्ने ४२ वर्षीय प्रकाश मगरलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।अनुसन्धानका क्रममा प्रकाशले लागुऔषध ढाकाकुमारको फार्मेसिबाट खरिद गरेको वयान दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २७ भाद्र २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६