अर्थ-वाणिज्य

डिबेटमा ह्यारिसको, पोलिङमा ट्रम्पको भारीमत कसरी ?



एजेन्सी २८ भदौ
अमेरिकी राष्ट्रपति चुनावका प्रत्यासीहरू डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच हालै भएको बहसपछि दुवै पक्षका धेरैले स्वीकार गरेका छन् — ट्रम्पले भन्दा ह्यारिसले निकै राम्रो गरिन्।अमेरिकी राष्ट्रपतीय चुनावको इतिहासमै बढी अर्थपूर्ण केही बहसहरूमध्ये यसलाई एक मान्ने विश्लेषकहरू पनि थुप्रै छन्।

कारण — खास गरी सन् २०१६ र २०२० का चुनाव अगाडि भएका बहसहरूमा भनाभन, घोचपेच र हिलो छ्यापाछ्यापमा धेरै समय बितेको थियो। यस पटक डोनाल्ड ट्रम्पले दर्जनौंचोटि अवैध आप्रवासन र सीमा सुरक्षाको एउटै विषय दोहोर्‍याइरहे पनि कमला ह्यारिसले आफ्ना एजेन्डामा केन्द्रित भएर धेरै कुरा राखिन्।

धेरै विश्लेषकहरूका अनुसार ह्यारिसको सबभन्दा ठूलो सफलता भनेको उनी र हालका राष्ट्रपति जो बाइडेनको प्रशासनका अलोकप्रिय पक्षहरूबाट ध्यान मोडेर ट्रम्पलाई अनियन्त्रित तर्कवाजीमा धकेल्नु थियो। जस्तो कि, अफगानिस्तानबाट अमेरिकी फौज निस्किँदाको भद्रगोललाई उनले डोनाल्ड ट्रम्पले आफ्ना पालामा तालिवानसँग गरेको कमजोर सम्झौताको नतिजाका रूपमा प्रस्तुत गरिन्।

अनि अवैध आप्रवासनमा आफ्नो कमजोर ट्र्याक रेकर्डबाट ध्यान मोडेर ट्रम्पलाई ुआप्रवासीले कुकुर(बिराला खान्छन्ु भन्ने जस्ता हास्यास्पद कुरा बोल्न प्रोत्साहित गरिन्।जो बाइडेनको उम्मेदवारी रहँदासम्म अमेरिकाको डेमोक्र्याटिक पार्टीका लागि हार्ने निश्चितप्रायः बनिसकेको आगामी चुनाव कमला ह्यारिस उम्मेदवार बनेपछि निःसन्देह प्रतिस्पर्धामूलक बनेको छ। तर यो बहस हुनु अगाडिका मत सर्वेक्षणका अनुसार राष्ट्रपति बन्ने होडमा ह्यारिसभन्दा थोरैले भए पनि ट्रम्प नै अगाडि छन्।
प्रख्यात सर्वेक्षण विश्लेषक नेट सिल्भरको पछिल्लो आकलन अनुसार आजका दिनमा चुनाव जित्ने सम्भावना ट्रम्पको ६४ प्रतिशत र ह्यारिसको ३६ प्रतिशत छ।tके यो बहसको नतिजाले अवस्थामा हेरफेर ल्याउला तरुयसमा विश्लेषकहरू र ह्यारिस पक्षधरहरू ुआश गर, भर नपरु भन्ने मुडमा छन्।
आखिर कसरी भयो त यस्तोरु ती डोनाल्ड ट्रम्प जसको चारवर्षे शासन धेरैका लागि पीडादायी थियो, जसले धनीहरूका लागि कर छुट दिएर देशको वित्तीय घाटा बढाएका थिए, जसले चुनाव हारेपछि उग्रवादीहरूको भीडलाई उकासेर राष्ट्रपति बनिरहने प्रपञ्च गरेका थिए, जसले सामरिक गठबन्धनका मित्रहरूलाई चिढ्याएर, गाली गरेर, दुश्मन पक्षका तानाशाहहरूसँग मैत्रीको हात बढाएका थिए, उनी कसरी यो चुनावको दौडमा पनि अगाडि छन्रु

ती ट्रम्प जसले झन्डै सात करोड मानिसले हेरिरहेको बहसमा आप्रवासीहरूले कुकुर बिराला खाइरहेका छन् भनेर बेतुकको कुरा गर्छन्, जसले श्वेतl सर्वोच्चतावादी हरूसँत हिमचिम गर्छन्, जसले निर्वाचित भएको दिन तानाशाही सुरू गर्ने कसम खान्छन्, उनी यति अगाडि कसरीरु प्रस्तुत छन् यी विषय समेटेर मैले बनाएका दुई भिडिओहरू।
पहिलो भिडिओमा कमला ह्यारिसले कसरी आफ्ना सबभन्दा बढी संवेदनशील कमजोरीलाई सतहमा ल्याउन सक्ने प्रश्नहरूमा चलाखीपूर्वक आफू बचेर ट्रम्पमाथि प्रत्याक्रमण गरिन्। अनि तथ्यमै टेकेर पनि कसरी ट्रम्पजस्ता झुटको फोहोरा छाड्ने व्यक्तिको प्रतिवाद गर्न सकिन्छ भन्ने कुरा विस्तारमा छ।अनि दोस्रो भिडिओमा यावत् प्रतिकूलताका बाबजुद पनि किन ट्रम्प अझै अगाडि छन् र त्यो कुरा किन नेपाल लगायत सिंगो विश्वका लागि चिन्ताको कुरा हो भन्ने विषयमा मेरो विश्लेषण छः

प्रकाशित : २९ भाद्र २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६