खोज–अनुसन्धान

ज्येष्ठ नागरिकको व्यवस्थापन गर्न राज्य संवेदनशील हुनु आवश्यक छ : मेयर अर्याल



पशुपति गिरी,बाणगंगा । राष्ट्रिय जेष्ठ नागरिक समाज बाणगंगा नगरकमिटीद्धारा स्व.रुद्र बहादुर कुँबरको ७ औँ सृमिती दिवस बाणगंगा ८,मा मनाएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी तथा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले देशको जनसाङ्‌ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतिहरूको सामना गर्न राज्यका सबै निकायहरू संवेदनशील हुन आवश्यक रहेको बताए ।उनले भने बाणगंगा नगरले जेष्ठ नागरिक लाई सम्मान गर्दै आएको र आफ्नै भवन समेत बनाइदिएको छ, बर्सेनी जेष्ठ नागरिकलाई बजेट पनि छुटाउदै आएको बताए ।

मेयर अर्यालले भने, ‘आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्थाहरू सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, जेष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र जस्ता कार्यक्रमहरूले प्रभावकारी देखिँदै आएको छ। उक्त कार्यक्रमको विशिष्ट अतिथी तथा बाणगंगा नगरप्रमुख रिता चौधरी ,अतिथी वडा नं ८ का कार्यबाहक वडा अध्यक्ष शैलेन्द्र बेल्वासे लगायतको आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा स्व.रुद्र बहादुर कुँबरको परिवारले जेष्ठ नागरिक समाज बाणगंगा नगरकमिटीमा बर्षेनी ५०,०००।- अक्षय कोष स्थापना गरेका बाणगंगा नगरपालिका वडा नं. ८का वडा सदस्य शैलेन्द्र बेल्वासेले प्रेसपाटीलाई जानकारी दिए । भेषराज कुँबरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव केशव आर्चायले गरेका थिए ।

प्रकाशित : ३० भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६