देश

मधुवन सामुदायिक वनको १९ औं साधारण सभा, करिब ४ करोडको बजेट पेश



पशुपति गिरी, भदौ ३१ बाणगंगा ।
सम्वृद्धिका लागि वन भन्ने मूल नाराका साथ वाणगंगा ८ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समूहले आफ्नै भवनको परिसरमा १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं.८,अन्तर्गतमा ४५०.६३ हेक्टर जमिनमा फैलिएको यस मधुवन सामुदायिक वनको १९ औं साधारण सभा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी तथा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख अजित कर्णले वनलाई जोगाउदै सदुपयोग गर्न सके देशको विकास छिटै हुने बताउनु भयो । मधुवन सामुदायिक वन उपभोक्ता समुहको १९ औ साधरण सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । वनको महत्व काठ दाउरामा मात्रै नभएर हरेक क्षेत्रमा रहेको बताउदै दिगो वन व्यवस्थापनमा जोड दिनु पर्ने उहाँले बताउनु भयो । साथै उहाँले आफुले सामुदायिक वनका लागि गर्नुपर्ने सम्र्पुण कामहरु ईमान्दारीका साथ गर्ने र वन जङ्गल संरक्षणमा आफु सधै लागि रहने बताउनुभयो ।

त्यसैगरी वाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी थारुले सम्पुर्ण सामुदायिक वनहरुले नगरसंग संमन्वय गरेर काम गरेमा नगरवाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने र सामुदायिक वनहरुले धेरै प्रकारका प्रगति गरी वनवाट धेरै प्रतिफल प्राप्त गर्न सकिने बताउनुभएको छ ।

सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वनको भावी रणनिति बारेमा समूहका अध्यक्ष सान्त विक्रम पौडेलले प्रस्तुत गर्नुभएको थियो। साथै चालु आर्थिक बर्ष २०८१।८२ को कुल आम्दानि ३ करोड ९७ लाख २२ हजार ६ सय ५९ रुपैया बराबरको अनुमानित लोकप्रिय बजेट पेश गदै वन उपभोक्ता समूहबाट अति विपन्न वन उपभोक्ता परिवारलाई आवास सहयोग,गरिवि न्युनिकरण तथा जिविकोपार्जन सहयोग कार्यक्रम,आर्यआर्जन व्यवसायमुखी तालिम , महिला सशक्तिकरण, सामुदायिक विकास ,वन विकास,वन संरक्षण गर्ने, आयआर्जनका लागी सहुलियत ऋण प्रदान,चिकित्सकद्धारा स्वास्थ्य शिविर सञ्चालन,खेलकुद व्यवस्थापन गर्ने लगायत विभिन्न कामहरु गर्ने बताउनु भएको थियो ।

सो कार्यक्रममा आर्थिक बर्ष २०८०।८१ प्रगती प्रतिवेदन समुहका सचिव अनिता थापाले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष सरिता अर्याल र लेखा समितिको प्रतिवेदन संयोजक मधु अर्यालले प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष शान्त विक्रम पौडेलको अध्यक्ष, उपाध्यक्ष शालिकराम भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव अनिता थापाले गर्नु भएको थियो । उक्त कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन समितीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नभप्रवात सामुदायिक वनका अध्यक्ष डिल्लीराज रेग्मी,सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष तथा फुलबारी सामुदायिक वनका अभ्यक्ष जयलाल गिरी
,विभिन्न वनका प्रतिनिधि, राजनौतिक व्यक्तित्व ,समाजसेवि, बुद्धिजिवि, वनका संस्थापक अध्यक्षहरु, वनका उपभोक्ता, लगायतले शुभकामना मन्त्व्य राख्नुभएको थियो।

यस साधारण सभा मा करिब ९ सय उपभोक्ताको उपस्थिति रहेको थियो ।४ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा १०३५ बराबर घर आवद्ध रहेका छन् ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६