प्रदेश

दाङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी



दाङ, ०३ असोज। दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका १ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

याम बहादुरले ती बालिकालाई गत भदौ २२ गते बबई गाउँपालिका १ मदाने गंगटे जानेबाटोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ३ आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६