अर्थ-वाणिज्य

ग्यालेक्सी टेलिभिजनमा सहकारीको १६ करोड २ बर्षमा यसरी डुब्यो



कपिलवस्तु ५ असोज ।सहकारी ठगीको छानबिन गर्ने जिम्मेवारी पाएको संसदीय समितिले रास्वपा सभापति रवि लामिछानले संलग्न गोर्खा मिडिया प्रालीको समेत छानबिन गरेको छ । कर्मचारीको तलब(भत्तामा अत्यधिक रकम खर्च हुँदा गोर्खा मिडिया वित्तीय संकटमा परेको समितिको प्रतिवेदनमा औंल्याइएको छ ।
गोर्खा मिडियाको स्थापना २०७७ साल भदौ १४ गते भएको हो, जसको संस्थापक शेयरधनी गितेन्द्रबाबु राई ९जीबी० र छविलाल जोशी थिए । २०७७ सालको अन्त्यतिर स्वेट शेयरसहित रवि लामिछानेको प्रवेश भयो । टेलिभिजनको उद्घाटन २०७८ असोज १५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।
ग्यालेक्सी टीभी उद्घाटन समारोहमा तत्कालीन प्रधानमन्त्री देउवा र रवि लामिछाने ।
२०७८ र २०७९ सालमा क्रमशः छविलाल जोशी र रवि लामिछानेले उक्त कम्पनीको शेयर छोडेपछि हाल गितेन्द्रबाबु राई, कुमार रम्तेल र जीबी ग्रुप अफ कम्पनीज सञ्चालकका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार विभिन्न सहकारी संस्थाहरूबाट गोर्खा मिडिया नेटवर्क प्रालीका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई र निजका आफन्तको नाममा ऋण तथा पेश्की गरी जम्मा रु २ अर्ब ५८ करोड बराबरको रकम पठाइएको थियो । उक्त रकममध्ये ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालीको खातामा जम्मा भएको देखिन्छ । सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ जम्मा भएको छ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाइ गोर्खा मिडियामा जम्मा गरेर जीबी राईको नाममा ऋण कायम गरिएको पाइएको छ ।
जम्मा भएको रकमध्ये रु १२ करोड गोर्खा मिडियाको शेयर पूँजिवापत थियो भने ८ करोड २० लाख ९१ हजार ६४३ रुपैयाँ जीबी राई स्वयंले प्रयोग गरेका थिए । रवि लामिछानेसमेतले गोर्खा मिडिया छोडेपछि जीबी ग्रुप अफ कम्पनीजले २०७९र०३र३० मा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड रूपैयाँ ऋण लिई गोर्खा मिडियालाई २०७९र०३र३१ मा २० लाख ऋण प्रवाह गरेको देखिन्छ ।

गोर्खा मिडियाबाट आर्थिक वर्ष २०७८र७९ सम्म विभिन्न व्यक्तिहरूलाई ६ करोड ९२ लाख, ९७ हजार, ४५२ रूपैयाँ पेश्की प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । उक्त पेश्की रकम फर्च्छ्यौट भएको छैन । रियालिटी शो बनाउने कम्पनी नोबडी प्रोडक्सनको सबैभन्दा बढी ४ करोड २१ लाख ९३ हजार ७५० रूपैयाँ पेश्की फर्च्छ्यौट हुन बाँकी रहेको छ ।

प्रतिवेदनले म्यानेजिङ डाइरेक्टरको पदमा रहे पनि रवि लामिछानेले गोर्खा मिडियाको ‘कर्मचारी’ कै हैसियतमा काम गरेको स्वीकारोक्ति प्रतिवेदनमा देखिन्छ । गोर्खा मिडियाले आर्थिक वर्ष २०७८र७९ मा कर्मचारीहरूलाई १ करोड १७ लाख ३० हजार ८ सय ९२ रूपैयाँ पेश्की प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । पेश्की पाउने कर्मचारीको सूचीमा दोस्रो नम्बरमा रवि लामिछानेको नाम छ ।
सूचीअनुसार सो आवमा सबैभन्दा बढी शम्भु गुरागाईंले ८१ लाख ३ हजार १९८ रूपैयाँ पेश्की लिएका छन् । दोस्रोमा रविले १७ लाख १८६ रूपैयाँ पाएका छन् । त्यसपछि विपीनकुमार आचार्य, पुष्पराज गिरी, टीकाराम राई लगायत छन् । प्रतिवेदनअनुसार रविले आव २०७७र७८ मा ‘कर्मचारी पेश्की’ ६४ हजार ५ सय ३१ रुपैयाँ लिएका थिए । यस्तै, उनले २०७८र७९ मा १० लाख ५५ हजार ५५ रूपैयाँ पेश्की लिएर कुल १७ लाख १८६ रुपैयाँ प्राप्त गरेका हुन् । कुनै पनि कर्मचारीलाई मासिक तलबबाट काटिने गरी अग्रिमरूपमा दिइने रकमलाई पेश्की भनिन्छ । यो विवरणका आधारमा रविले ग्यालेक्सी टिभीमा तलवी कर्मचारीकै हैसियतमा काम गरेको समितिले स्वीकार गरेको छ ।

ग्यालेक्सी टीभी पहिलो दुई वर्षमै १६ करोड नोक्सानीमा रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार यसको मुख्य कारण सुरुवाती चरणमा अत्यधिक तलब खर्च रहनु हो । कम्पनीले आव २०७७र७८ को ६ महिनामा मात्रै ११२ जना कर्मचारीको तलब खर्च २ करोड १९ लाख ३५ हजार ७११ रूपैयाँ लेखांकन गरेको छ ।

यस्तै, आव २०७८र७९ मा २४४ जना कर्मचारीको तलब खर्च १२ करोड ७३ लाख ८६ हजार ३२१ रुपैयाँ लेखांकन भएको छ । कम्पनी नोक्सानीमा रहे पनि कर्मचारीको तलबभत्ता समयमै भुक्तानी भएको थियो भने कर्मचारीलाई पेश्कीसमेत दिइएको थियो ।समितिले निष्कर्षमा भनेको छ, ‘गोर्खा मिडिया असफल हुनुको कारण ठूलो लगानी, अत्यधिक खर्च तर न्यून आय रहेको देखिन्छ ।’

प्रकाशित : ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६