प्रदेश

नेपालगन्ज भन्सारमा दुई महिनामा तीन अर्ब राजस्व सङ्कलन



नेपालगन्ज, ०५ असोज। पश्चिम नेपालको प्रमुख व्यापारिक नाकामा रहेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ।

नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को साउन र भदौ महिनामा दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्ष २०८०।०८१ को सोही समयमा दुई अर्ब ८६ करोड ५२ लाख ७८ हजार रुपियाँ राजस्व सङ्कलन गरेकोमा चालु आर्थिक वर्षको सुरुका दुई महिनामा राजस्व सङ्कलनमा १४ करोड भन्दा बढी बढेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो।

उहाँले चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ५० करोड ३० लाख ३४ हजार र भदौ महिनामा एक अर्ब ४९ करोड पाँच लाख २० हजार रुपियाँ राजस्व सङ्कलन गरिएको बताउनुभयो।

नेपालगन्ज भन्सारलाई हरेक महिनामा दुई अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि गत दुई महिनाको सङ्कलन हेर्दा हरेक महिनामा लक्ष्य भन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व सङ्कलन हुने सङ्केत देखिएको भन्सार कार्यालयले जनाएको छ।

लक्ष्य भन्दा कम राजस्व सङ्कलन हुने मुख्य कारणमा चोरी पैठारी बढ्नु, सशस्त्र द्वन्द्वका बेला विस्थापित भएका जिल्लाका ६ वटा छोटी भन्सार पुनर्स्थापना नहुनु र आयात घट्दै जानु रहेको भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित : ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६