कृषि

कपिलवस्तुमा हतियारसहित दुई भारतीय पक्राउ




कपिलवस्तु ५ असोज ।जिल्लाको कृष्णनगर नगरपालिका–८ सानो गणेशपुर चोकबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको बेला चेकजाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको बताउनुभयो । उनीहरूको साथबाट पाँच राउण्ड गोली लोड भएको मेड इन कानपुर लेखेको रिभल्भर नाल एक र एक थान गोलीको खोका समेत फेला परेको उहाँले बताउनुभयो । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश पिपरा गौतम पिकउरा जनुबि महसोन वस्ति बस्ने ३५ वर्षीय प्रितम कुमार र देवापार, देवापार हरनखा बस्तीका २२ वर्षीय सुरज द्धिवेदी रहेको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो ।
सुरजले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा सो हतियार र गोली बरामद भएको उहाँको भनाइ छ । उनीहरूको साथबाट तीन थान मोबाइल फेनरामाइन इन्जेक्सन थान–३, प्लास्टिकसहित प्याक गरिएको सिरिन्ज थान–२, एम्पुलेक्स पत्ता थान–१, नाम नखुलेको अन्य औषधीको खाली पत्ताहरू समेत बरामद भएको छ । दुवै जना लागुऔषध सेवन गरी लट्टिएको अवस्थामा पक्राउ परेका थिए । घटनाको अनुसन्धान र दुवै जनासँग सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक वलीको भनाइ छ ।

प्रकाशित : ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६