कृषि

तिलौराकोट देखि लुम्बिनी सम्म बोधीबृक्ष कारिडोर पदयात्रा




कपिलवस्तु ५ असोज । बिश्व शान्ति दिवसको अवसरमा प्राचिन कपिलवस्तुको क्रिडास्थल तिलौराकोटदेखि भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीसम्म बोधीवृक्ष करिडोर पदयात्रा सुरु गरिएको छ । बुद्धस्थल भारतको बोधगया तथा नेपाल स्थित तिलौराकोट र लुम्बिनीलाई जाडेर आत्यात्मिक, धार्मिक र मानव स्वास्थ्यका लागि बहु उपयोगी पीपल नीम र तुलसीको बिरुवा रोप्दै यात्रा सुभारम्भ गरिएको हो । तिलौराकोटबाट यात्रा सुभारम्भ गरी लुम्बिनी सम्म २८ किलोमिटरको पदयात्रा हुने आयोजक पीपल नीम र तुलसी अभियान भारतको पटना तथा जनकपुरधाम प्राबिधक समाजले जनाएको छ । दुई दिनमा २८ किलोमिटर यात्रा गर्दै लुम्बिनी पुगेर पदयात्रा सकिनेछ । पदयात्राका क्रममा बाटोमा पर्ने विद्यालय, स्वास्थ्य संस्था, सामाजिक संस्था र कार्यालय परिसर र हातामा पीपल, नीम र तुलसीका विरुवा रोप्दै पदयात्रा अघि बढ्ने समाजका अध्यक्ष राकेश कर्णले बताए । पहिलो दिन कपिलवस्तुको पकडीमा बास बस्ने कार्यक्रम रहेको छ ।
पीपल, नीम तुलसी अभियान पटना भारतका डा. धमेन्द्र कुमारको नेतृत्वमा रहेको पदयात्रामा भारतका बिहार, उत्तरप्रदेश, उत्तराखण्ड, हरियाणा, उडिसा र हिमाचल प्रदेशका १५ जना सहभागी छन् । पीपलको बिरुवा कपिलवस्तु संग्रहालयको हाता भित्र रोप्दै कपिलवस्तुका प्रजिअ विश्वप्रकाश अर्यालले यात्राको शुभारम्भ गरेका थिए । यात्राको बिषयमा तिलौराकोटमा आयोजित कार्यक्रममा प्रदेश सदस्य सुधाकर पाण्डेयले यो यात्रा धार्मिक र वातावरणीय हिसाबले समेत महत्वपुर्ण रहेको बताए । उनले भारतको बोधगया र नेपालको तिलौराकोटर लुम्बिनीलाइै एक आपसमा जोडन र वातावरणलाईए शान्तमय बनाउन यात्रा पदयात्रा चलाइएको डा. धमेन्द्र कुमारले बताए । कार्यक्रममा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले , समाजका महासचिव सुरेश शर्मा लगायतले पदयात्रामा सरिक हुन आग्रह गरेका थिए । पदयात्रामा तिलौराकोट साझेदारी वन डिभिजन वन कार्यालय कपिलवस्तु लगायतको सरकारी कार्यालय समेत जोडिएका छन ।

प्रकाशित : ६ आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६