प्रदेश

टेलिकमद्वारा अर्घाखाँची अस्पताललाई सामग्री हस्तान्तरण



सन्धिखर्क, ०६ असोज । नेपाल टेलिकम केन्द्रीय कार्यालयले अर्घाखाँची अस्पताललाई १० थान ‘बेड कम चेयर्र्स’ कुर्सी हस्तान्तरण गरेको छ । टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमअन्तर्गत सामग्री प्रदान गरेको हो ।

अस्पतालमा बिरामी कुरूवाका लागि लक्षित गरेर सामग्री हस्तान्तरण गरिएको नेपाल टेलिकम केन्द्रीय कार्यालयका व्यापार अधिकृत अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । कुर्सीहरु दिनमा फोल्ड गरेर कुर्सी आकारको बस्न सकिने र रातमा तानेर बेड बनाएर सुत्न सकिन्छ ।

टेलिकमले प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य, खेलकूद, बृद्धाआश्रम, बाल आश्रमलगायतका सामाजिक संघ संस्थाहरूमा राहत सामग्री हस्तान्तरण गर्दै आएको छ । वातावरण संरक्षण र हरियाली प्रवर्धनका क्षेत्रमा पनि सहयोग पुराउँदै आएको पौडेलले जानकारी दिनुभयो ।

टेलिकमले गत वर्ष सन्धिखर्क नगरपालिका–२ भगवती मा।वि। कुरसंखेटारी र भगवती मा।वि। ढाकावाङमा १ बर्ष निशुल्क इन्टरनेट सेवा प्रदान गरेको थियो ।

प्रकाशित : ६ आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६