प्रदेश

बाणगंगाबासीका निम्ति स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धी

बाणगंगाले मार्‍यो स्वास्थ्य क्षेत्रमा फडको



कपिलवस्तु, ६ आश्विन ।
बाणगंगा बासीका निम्ति ३६ महिनाको अर्थक प्रयत्न पश्चात स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धी हात परेको छ । दिनहु जसो बुटवल धाउनुपर्ने मृगौला रोगिका निम्ति आफ्नै घर आगनबाट डायलाइसिस सेवा पाउदा आर्थिक हैसियत कमजोर भएका, घरमा रेखदेख गर्नेहरु नभएका हरुका निम्ति त यो सेवा बरदान नै सावित भएको उमाकान्त आचार्य बताउनु हुन्छ ।


जनमुखी नेताको रुपमा पहिचान बनाउनु भएका लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु पंथीले आफ्नै फेस वुक स्टाटस् मार्फत अनेक समस्या, कथा, ब्यथा र ढिकाईका बाबजुद सामुदायिक डायलासिस सेन्टर, बाणगंगा सूचिकृत भएकोमा विशेषगरी मेगौला पिडितहरुलाई बधाई ज्ञापन गर्दछौं भन्नु भएको छ । प्रदेश सभा सदस्य पंथीले डायलाइसिस सेन्टर सूचिकृत संगै बाणगंगा बाँसी मात्र नभई सिंगो कपिलवस्तु जिल्ला, रुपन्देहीको पश्चिम भेग, अर्घाखाँची, प्यूठान, दाङ्गका मृगौला रोगीले यस सेन्टरबाट लाभ सहजै लिने बताउनु भयो । कपिलवस्तुको बाणगंगामा मात्र १९ जना डायलाइसिसका विरामी रहेको र कपिलवस्तु जिल्ला भित्र मात्र ४० जना डायलाइसिसका विरामी रहेको प्रदेश सासद पंथीले बताउनु भयो ।


विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका २०८० अन्र्गत मृगौला रोगका विरामीहरुलाई हेमोडायलाइसिस सेवा प्रदान गर्ने गरी स्वास्थ्य सेवा विभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाको मिति २०८१ आश्विन ६ गतेको नेपाल सरकार सचिव स्तरीय निर्णयबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलद्धारा संचालित कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर, बाणगंगा, कपिलवस्तुको सुचीकृत भएको प्रदेश सभा सदस्य विष्णु पंथीले जानकारी दिनु भयो । यो डायलाइसिस सेन्टरले मृगौला विरामीहरुबाट विपन्न नागरिकहरुलाई सहुलियत रकमको परिधीमा रहने गरी कार्य संचालन गर्ने प्रदेश सासंद पंथीले जानकारी दिनु भयो ।


निकै महत्वका साथ स्वास्थ्य क्षेत्रको सुधारका निम्ति समय खर्चनु भएका प्रदेश सभा सदस्य पंथीले कानुनी ब्यवधान देखाउदै जनताका कामलाई वेवास्ता गर्ने सरकारका काम कार्वाही प्रति आक्रोस पोख्ने गर्नु हुन्छ । यस्तै आक्रोस प्रदेश सभा सदस्य पंथीले डायलाइसिस सेन्टरका विषयमा पनि केही दिन अगाडी पोख्नु भएको थियो ।


सामुदायिक डायलाइसिस सेन्टर, बाणगंगा, कपिलवस्तुलाई सूचिकृतका सन्दर्भमा लुम्बिनी प्रदेश सरकारबाट संस्था दर्ताका तथा संरचना निर्माणका निम्ति १९ महिना लागेको र सबै कार्य सम्पन्न हुदा पनि संस्थालाई सूचिकृत गर्न मात्र पुनः १८ महिना लाग्दा मृगौला पिडितले निकै समस्या भोग्नु परेको पिडा सुनाउनु भयो । संभव हुने कामलाई समयमै सम्पन्न गरी आम नागरिकलाई आशा जगाउनु राज्यको दायित्व बाट सरकार पछी हटन नहुने प्रदेश सांसद पंथीको तर्क रहेको छ ।

प्रकाशित : ६ आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६