प्रदेश

योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाऔँः मुख्यमन्त्री आचार्य



कपिलवस्तु, ०९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउन जरुरी रहेको बताएका छन् । जिल्ला समन्वय समिति अर्घाखाँचीको सन्धि खर्कमा आज आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।

उनले सरकारले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउने गरी गर्नुपर्ने बताएका छन् । चालू आर्थिक वर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्दे लुम्बिनी पूरक र रुपान्तरण नगरी त्यही बजेटलाई कार्यान्वयन गर्ने प्रस्टाए । उनले योजना कार्यान्वयन हुँदा गरिने बदमासी र चुहावटलाई रोक्न पाँच लाख भन्दा माथिका सबै योजनालाई प्रतिस्पर्धाको माध्यमबाट गर्ने अगाडि बढाउने बताए।

समीक्षा कार्यक्रममा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, पूर्वमन्त्री सुशीला श्रीपाली, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनाराण कोइराला लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।

प्रकाशित : ९ आश्विन २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६