प्रदेश

नेपाल किसान ट्याक्टर समितिद्वारा रक्तदान, १ सय १४ प्वाइन्ट रगत संकलन



हरि घिमिरे,

कपिलवस्तु, १० असोज । कपिलवस्तु स्थित नेपाल किसान ट्याक्टर समितिले आयोजना गरेको रक्तदान कार्यक्रमबाट १ सय १४ प्वाइन्ट रगत संकलन भएको छ । समितिको वार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम गरेको हो । समितिको आफ्नै सभाहलमा भएको कार्यक्रममा कपिलवस्तु र रुपन्देहीका विभिन्न संघसंस्था लगायतका १ सय १४ जना पदाधिकारीले रगत दान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान जीवनदान कार्यक्रम गरिएको बताईएको छ ।

कार्यक्रममा नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुका उपाध्यक्ष सक्रान्ती थारुको संयोजकत्व, प्रमुख जिल्ला अघिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको समितीले जनाएको छ । कार्यक्रममा प्रजिअ अर्यालले किसान ट्याक्टर समिति जस्ता संस्थाहरूको सक्रियताले समाज रूपान्तरणमा महत्व राख्ने बताए । उनले फरक प्रसङ्गमा ठेक्का प्रक्रियाको उत्खनन गर्ने क्रममा व्यापक गुनासो आउने बताए । उनले नगरपालिकाले लगाएका ठेक्का प्रक्रियाहरूको सही ढङ्गबाट प्रयोग गर्ने कि नगर्ने भन्ने ट्याक्टर चालक र लेवरहरुको भर हुने बताए । उनले  ट्याक्टर धनीलाई चालक, सहचालक र लेवरहरुलाइ नियन्त्रणमा राख्न सुझाव दिए ।  

कार्यक्रममा पछिल्लो समय अस्पतालहरुमा देखिएको रगत अभावलाई कम गर्न सहयोग पुगोस भन्ने उद्देश्ले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष झविन्द्र खनालको भनाई छ । यसले बढ्दो रगतको मागलाई परिपुर्ति गर्ने उनले बताए । समितिले समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको बताउँदै अध्यक्ष खनालले भने, ‘रगतको अभावमा कोही मानिसको ज्यान नजाओस् भन्ने  भन्ने हेतुले कार्यक्रम गरिएको हो । यसले धेरै मानिसलाई रगतको अभाव हुन दिने छैन् ।’ कार्यक्रममा रगत दान गर्ने सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष बाबुराम अर्यालको विशिष्ट आतिथ्यता, नेपाल किसान ट्याक्टर समितिका अध्यक्ष झविन्द्र खनाल , वडा सदस्य विश्वास जि.सि. पुर्व अध्यक्ष कृष्ण पोख्रेल, अध्यक्ष मधु अर्यालको आतिथ्यता लगाएको आतिथ्थता रहेको कार्यक्रम महासचिव विष्णु गिरीले संचालन गरेका थिए ।

प्रकाशित : १० आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६