अन्तर्राष्ट्रिय

आक्रमकरुपमा अनेरास्ववियु कपिलवस्तुले बुझायो “प्याब्सन र एन प्याब्सन ” लाई ज्ञापन पत्र



कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुले कपिलवस्तुमा रहेका प्याब्सन र एन प्याब्सन लाई ज्ञापन पत्र बक्षाएको छ । प्याब्सन र एन प्याब्सनमा आवद्ध विद्यालयहरुका बसहरुले सिट क्षमता भन्दा बढी विद्यार्थीहरु बोकी हिडेको, विभिन्न शिर्षकमा अतिरिक्त शुल्क उठाउने गरेको, कक्षाकोठा र विद्यार्थी संख्याको अनुपात नमिलेको, क्यान्टिनको सरसफाई नास्ताको मूल्य र परिमाणको अनुपात नमिलेको जस्ता विषयहरुमा सुधार गर्नका लागि अनेरास्ववियु कपिलवस्तुले ज्ञापन पत्र बुझाएको कार्यबाहाक अध्यक्ष सुदिप खनालले बताउनु भएको छ । यस्ता विषयहरुमा व्यापक जनगुनासो आएको हुदाँ, उक्त जनगुनासो प्रति अनेरास्ववियु कपिलवस्तुको ध्यानाकर्षण भएको उहाँले बताउनु भयो ।

अनेरास्ववियु कपिलवस्तुले प्याब्सन र एन प्याब्सन लाई बुझाएको ज्ञापन पत्रमा यस्तो उल्लेख गरिएको छ।

राष्ट्रियताको पहरेदार, लोकतान्त्रिक आन्दोलनको योद्धा, सामाजिक परिवर्तनको सम्वाहक तथा नेपाली विद्यार्थी आन्दोलनको नेता संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो स्थापना कालदेखि नै सामाजिक, राजनैतिक एवं परिवर्तनका हरेक आन्दोलनहरुको नेतृत्व गर्दै आइरहेको छ ।यस सन्दर्भमा कपिलवस्तुमा रहेका प्याब्सन र एन प्याब्सनमा आवद्ध विद्यालयहरुका बसहरुले सिट क्षमता भन्दा बढी विद्यार्थीहरु बोकी हिडेको, विभिन्न शिर्षकमा अतिरिक्त शुल्क उठाउने गरेको, कक्षाकोठा र विद्यार्थी संख्याको अनुपात नमिलेको, क्यान्टिनको सरसफाई नास्ताको मूल्य र परिमाणको अनुपात नमिलेको जस्ता विषयहरुमा व्यापक जनगुनासो आएको हुदाँ, उक्त जनगुनासो प्रति अनेरास्ववियु कपिलवस्तुको ध्यानाकर्षण भएको छ । विद्यार्थीको शैक्षिक गुणस्तरमा कुनै कमि नआउने गरि जनगुनासोलाई अविलम्ब सम्बोधन गरि मातहतका विद्यालयहरुमा निर्देशन दिनुहुन यसै पत्र मार्फत ध्यानाकर्षण गाराउँदछौ ।

प्रकाशित : १० आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६