प्रदेश

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि नागरिक सहभागिता आवश्यक



हरि घिमिरे, ११ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया गरिएको छ। नगरपालिकाको सभाहलमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले सुशासन प्रवर्द्धनका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरु महत्वपूर्ण रहेको बताए। उनले सार्वजनिक पदधारण गरेका व्यक्तिहरु राष्ट्रप्रति उत्तरदायी भई, नैतिक दायित्व बोध गर्दै, पारदर्शिता र विधिको परिधिमा रही कार्य गर्नुपर्नेमा जोड दिए। अर्यालले भ्रष्टाचारले राष्ट्रको स्रोत र लगानीको दुरुपयोग हुने भन्दै यसलाई रोक्न सबै नागरिक, समाजका हरेक तह र तप्काबाट सहयोग आवश्यक रहेको बताए।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले सहभागीहरुको प्रश्नहरुको जवाफ दिँदै भ्रष्टाचार नियन्त्रणका विभिन्न विधिहरु, अख्तियारको कार्यशैली र भ्रष्टाचारविरुद्धको कानुनी प्रक्रिया स्पष्ट पारे। उनले कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै, अख्तियार भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताएका थिए।

कार्यक्रममा अख्तियारका अनुसन्धान अधिकृत बाबुराम न्यौपानेले भ्रष्टाचारको अवधारणा, कारण, यसको कानुनी व्यवस्था, सजाय, र नेपाल तथा विश्वभरको भ्रष्टाचारको अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरे। उनले भ्रष्टाचारको प्रवृत्ति, भ्रम र वास्तविकतालाई पनि विस्तृत रुपमा व्याख्या गरे।

कार्यक्रममा उप प्रमुख रिता कुमारी थारु, उपाध्यक्ष बासमती हरिजन, र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनिले पनि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको लागि आवश्यक विचार व्यक्त गरे।

अन्तरक्रियामा जनप्रतिनिधिहरु, विभिन्न सरकारी विभागका प्रमुखहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वन उपभोक्ता समिति, तथा सञ्चारकर्मीहरुले आफ्नो जिज्ञासा राखेका थिए भने अख्तियारलाई विभिन्न सुभाव पनि दिएका थिए।

यो कार्यक्रमले नगरपालिकामा सुशासन प्रवर्द्धन गर्ने र भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरेको विश्वास गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, विद्यालयका प्रधानाध्यापक, वन उपभोक्ता समिति तथा पत्रकारहरुको सहभागीता रहेको थियो।

प्रकाशित : ११ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६