ब्रेकिंग न्युज

सामाजिक रुपान्तरण र सिमान्तकृत सशक्तीकरणका लागि पुराना मान्यता त्यागौ : मुख्यमन्त्री आचार्य



देउखुरी १२ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाज रुपान्तरण र सिमान्तकृत समुदायको सशक्तीकरणका लागि प्रदेश सरकारले प्रभावकारी भूमिका निभाउने बताउनु भएको छ । दलित महिला संघ फेडोको आयोजनामा दाङको लमहीमा भएको दलित महिला सशक्तीकरण र समावेशिकरणको सवाल बिषयक प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सिमान्तकृत वर्गलाई राज्यको मुलधारमा ल्याउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भएको हो ।

ञवर्गिय रुपमा कार्यक्रमलाइ केन्द्रित गरिनुपर्छझउहाँले भन्नुभयो(ञसमाज रुपान्तरण, सामाजिक न्यायको लागि पुरानो मानसिकता ताग्नुपर्छ । दृष्टिकोणमा परिवर्तन आयो भने विभेद पनि उन्मुलन हुन्छ । सरकारले समाज रुपान्तरणका लागि जागरण अभियानमा हाम्रो साथ छ ।झ कार्यक्रममा समग्र विकासको अवरोध, जातिय तथा लैंगिक विभेद रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । संघका केन्द्रीय अध्यक्ष कला स्वर्णकारको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव रेणु सिजापतीले विभेद, उत्पिडन उन्मुलनको लागि संविधानको पूर्ण कार्यान्वयन जोड दिनुभयो ।

संघका संस्थापक अध्यक्ष दुर्गा सोवले दलित समुदायले अहिले पनि अन्यायपूर्ण जीवन बिताउन बाध्य हुनुपरेको बताउदै मान्छे भएर बाच्न पाउने अनुभुती दिलाउन सरकारलाई आग्रह गर्नु भयो । उहाँले छुवाछूतको मानसिकता अझै हट्न नसकेको टिप्पणी गर्नुभयो ।

नेपालको संविधान २०७२ ले दलित महिलाहरूको हक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण प्रावधानहरू राखेको छ । स्थानीय तहमा कम्तिमा एक जना दलित महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ । कार्यक्रमको सहजीकरण संघमा दाङ जिल्ला अध्यक्ष युवा कराराले गर्नु भएको थियो ।

प्रकाशित : १२ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६